Madhes Khabar
कृषि हेडलाइन

बारामा तेलहन खेती बढ्यो

मधेसखबर
वीरगन्ज,१८ मंसिर : यस वर्ष बारामा तेलहन खेतीको क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र बाराका अनुसार, जिल्लामा किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा तेलहन खेती गरिएको थियो ।

केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको बताए । उनका अनुसार विसं २०७२÷७३ मा भने प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । विसं २०७३ देखि २०७७ सम्ममा कृषकले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा खेती गरिँदै आए पनि उत्पादकत्वमा भने उलेख्य सुधार नभई वृद्धिमा कमी हुँदै आएको थियो ।

गुणस्तरीय बीउको उत्पादन नहुनु, कृषकले आफ्नै घरमा रहेको बीउको प्रयोग गर्नु, समयमा मलखाद चाहिने जति प्रयोग नगर्नुजस्ता कारणले पनि उत्पादकत्वमा कमी आएको उनले जानकारी दिए। (रासस)

Related posts

बर्षा प्रयाप्त हुदाँ पर्सामा धान रोपाइँ उत्साहजनक

MadhesKhabar

ठाकुुरराममा स्ववियु चुनाव भएको एक हप्ता बित्दापनि आएन नतिजा : के गर्दैछ स्थानीय प्रशासन ?

MadhesKhabar

वीरगन्जको घडिअर्वामा आजदेखि गणेश चतुर्थी महाेत्सव सुरु

MadhesKhabar

Leave a Comment