Madhes Khabar
कृषि हेडलाइन

बर्षा प्रयाप्त हुदाँ पर्सामा धान रोपाइँ उत्साहजनक

वीरगन्ज,२४असारःपर्साामा असारको अन्तिम सातासम्म ६० प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादका अनुसार, ४७ हजार हेक्टर क्षेत्रफलमा अगहनी धानको खेती हुने गरेको छ ।
असार २३ गतेसम्म पर्सामा ६० प्रतिशत अर्थात २८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताए ।

उनका अनुसार, केहि स्थानमा अहिले चैते धानको हार्भेष्टिङ भइरहेकाले ती स्थानमा मात्र रोपाइँ बाँकी रहेको रहेको भन्दै उनले साउन दोश्रो सातासम्म बाँकी रोपाइँपनि सकिने अनुमान रहेको बताए ।

यसपालि मनसुन समयमै सुरु भइ बर्षा निरन्तर भएको र गण्डक नहरमापनि समयमै पानी आएकाले प्रयाप्त सिंचाइ सुविधा उपलब्ध भएका कारण आधा भन्दा बढी राोपाइँ सकिएको उनले बताए ।

कार्यालय प्रमुख मुनिलालका अनुसार, पर्सामा यसबर्ष अगहनी धानको उत्पादन बढ्ने सम्भावना देखिएको छ । उनले भने,‘ यसबर्ष पानीपनि प्रयाप्त पर्यो , गण्डक नहरमा पानीपनि सयममै आयो ।रोपााइँ गर्दाा सिंचाइँको कमी भएन ।साथै मलखादपनि किसानले समयमै पाइरहेका छन् । यदि कुनै प्राकृतिक विपद भएन भने यसबर्ष धानको उत्पादन राम्रो हुने सम्भावना छ ।’

अन्नको भण्डार भनिने मधेस प्रदेशमा भने हालसम्म २५ दशमलव ५ प्रतिशतमात्र रोपाइँ भएको छ ।मधेसमा धान खेती हुने तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ ।तर हालसम्म मधेसमा २५ दशमलव ५ प्रतिशतमात्र रोपाइँ हुन सकेको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाईले जानकारी दिए।

 

 

Related posts

पर्सा–बाराको गण्डक नहरमा भारतले फेरि दिन थाल्यो पानी

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानाबाट उत्पादित उपकरणहरु किसानलाई उपलब्ध गराइन्छ: मन्त्री क्षेत्री

MadhesKhabar

काँग्रेस केन्द्रीय सदस्य रिजालको निर्देशन : बागीलाई दया देखाउन जरुरी छैन , गठबन्धनलाई नै भाेट हाल्नु हाेला

MadhesKhabar

Leave a Comment