Madhes Khabar
समाचार हेडलाइन

बारामा एक महिनामा गाँजा,अफिम र ब्राउन सुगरसहित २४ जना पक्राउ

फाइल तस्बिर ।

बारा,२१फागुनःबारामा प्रहरीले एक महिनामा लागूऔषधको ओसारपसारमा संलग्न चार भारतीयसहित २४ जनालाई त्रफाउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपाली पुरुष १८ जना,भारतीय पुरुष ४ जना र नेपाली महिला २ जना रहेका छन् ।

गत माघ १८ गतेदेखि फागुन २० गतेसम्मको अवधिमा जिल्लाका विभिन्न स्थानबाट प्रहरीलले लागू औषधसहित ती २४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनिहरुको साथबाट लागू औषध गाँजा ३ क्वीन्टल २० किलो ३०९ ग्राम,अफिम २९ किलो ४५१ ग्राम र ब्राउन सुगर १७०.४ मिलिग्राम बरामद गरिएको पण्डितले बताए ।

उक्त अवधिमा जिल्लाका विभिन्न स्थानमा लुकिछिपी लगाइएको ९ बिघा १ कठ्ठा ५ धुर जग्गाको गाजाँ खेती र १ कठ्ठा १० धुर जग्गामा लगााइएको अफिम खेती नष्टपनि गरिएको उनले जानकारी दिए ।

यस्तै उक्त अवधिमा श्रोत खुल्न नसकेको हुण्डीको रकम ३ लाख २ हजार ५६५ रुपैयाँसहित एक भारतीय नागरिकलाईपनि पक्राउ गरिएको उनले जानकारी दिए ।

Related posts

भारतले निर्यात खुल्ला गरे लगत्तै वीरगन्ज नाकाबाट धान–चालमको आयात बढ्यो

MadhesKhabar

वीरगन्जको शाह पाराडाइज हाेटलमा बुवा-छाेरा एउटै काेठामा मृत भेटिए

MadhesKhabar

वीरगन्जमा विहे,उत्सव तथा धार्मिक कार्यक्रममा आतीशबाजी गर्न बन्देज, डिजेमा पनि कडाई

MadhesKhabar

Leave a Comment