Madhes Khabar
समाचार हेडलाइन

पर्सामा पेस्तोल र गाेलीसहित २ जना पक्राउ

वीरगन्ज ,१६कात्तिक:पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठासबाट सशस्त्र प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

साेमबार सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट प्रसौनीभाठाबाट खटिएको टोलीले नियमित चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई व्यक्तिलाई शंका लागेर चेकजाँच गरेको थियो।

त्यस क्रममा उनीहरूको साथमा रहेको झोलाभित्र कपडामा लुकाइछिपाई राखेको अवस्थामा डोमी पेस्तोल १ थान,डोमी गोली ६ राउण्ड,छुरा: ३ थान,नेपाली रुपैयाँ: ९ हजार ४००,भारतीय रुपैयाँ २२ हजार ४०,भिभो मोबाइल २ थान र विभिन्न किसिमका औषधिहरू समेत बरामद गरेको छ।

नियन्त्रणमा लिइएका दुवै व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Related posts

तराई-मधेसकाे साझा पर्व छठ आजदेखि विधिवत सुरु

MadhesKhabar

मानव सेवा आश्रमको भवनका लागि नेपथ्य लाईभ कन्सर्ट वीरगन्जमा पनि हुँदै

MadhesKhabar

पर्साको जिराभवानी ३ को दलित बस्तीमा कम्बल वितरण

MadhesKhabar

Leave a Comment