Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

तराई-मधेसकाे साझा पर्व छठ आजदेखि विधिवत सुरु

वीरगन्ज, १ मंसिर : श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने छठ पर्व आज शुक्रबार देखि विधिवत शुरु भएको छ ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ पर्व शुक्रबार देखि शुरु भएको हो ।कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ ।छठ पर्बको पहिलो दिन आज शुक्रबार छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी , तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खान्छन् ।

छठको दोश्रो दिन भाेली अर्थात पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन देखि नै ब्रतालुहरुले निर्जल ब्रत शुरु गर्छन् ।

छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।त्यस दिन ब्रतालु महिलाहरुले नदि , पोखरी , तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाइ र भोलि पल्ट सप्तमी तिथीका दिन बिहान उदाउदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ ।

शुक्रबार देखि विधीवत छठ पर्ब शुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी आइतबार परेकाले तराई मधेसका जिल्लामा छठ पूजाको लागि तयारी तीव्र रुपमा भइरहेको छ ।

छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ–आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन् ।

मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका कामहरू तीव्र रुपमा भइरहेको छ ।
वीरगन्जको घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया, पिपरा, रामगढवा, परवानीपुर, बहुअरी , आदर्शनगर , इनर्वा लगायतका क्षेत्रमा छटघाट सजावट र सरसफाईको काम तीव्र रुपमा भइरहेको छ ।

यसका साथै यहाँका बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङगलो , डालो , सुपली , टोकरी , माटोको कलश , दियो , पुजन सामाग्री र प्रसादमा प्रयोग हुने उखु , फलफुल , मिठाइ , हरियो तरकारी , गहुको पिठो , चिनी , तेल , नयाँ लत्ताकपडा लगायतका सामान किन्नेहरुको आइतवार देखि नै भिडभाड बढेको छ ।

वीरगन्जको घण्टाघर चोक देखि माइस्थान चोक सम्मको सडकमै छठका पुजन सामाग्री , फलफुल र बासका सामाग्री बेच्न पसलहरु थापिएका छन् ।

ब्रतालुहरुले छठ पूजाका सामाग्री षष्ठी तिथीको बिहान सम्म पनि किन्ने भएकाले त्यस दिन सम्म पनि यहाँका बजारमा छठको किनमेल गर्नेहरुको भिड लाग्ने गर्छ ।

Related posts

`वीरगन्ज गाेल्डकप फुटबल´को तयारी पुरा, नेपाल र भारतका चर्चित ८ क्लबले भाग लिने पक्का

MadhesKhabar

दसैं अवधिमा पर्सामा २२ सवारी दुर्घटना , दुईकाे मृत्यु ,३८ घाइते

MadhesKhabar

वीरगन्जकाे मानव सेवा आश्रममा ५० थान कम्बल सहयाेग

MadhesKhabar

Leave a Comment