Madhes Khabar
पर्यटन हेडलाइन

प्रचार प्रसारको कमीले पर्सा राष्ट्रिय निकुञ्ज ओझेलमा

वीरगन्ज,२३जेष्ठःवीरगन्ज,२३जेष्ठःमधेस प्रदेशकै गौरवको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आवागमन हुन नसक्दा बारा, पर्साका पर्यटन व्यवसायी निराश भएका छन् ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जको बाटो हुँदै दैनिक सयौँ भारतीय पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गर्दछन् । तर पर्सा राष्ट्रिय निकुञ्जको प्रचार प्रसार नहुँदा पर्यटकको आकर्षणमा पर्न सकेको छैन । पर्सा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि अवलोकन गर्ने प्रशस्त प्राकृतिक तथा मनमोहक दृश्य, दुर्लभ वन्यजन्तुहरूको वासस्थान क्षेत्र भए पनि प्रचारप्रसारको अभावमा पर्सा निकुञ्ज ओझेलमा निकुञ्ज प्रशासनले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज जङ्गली हात्तीको मुख्य वासस्थान क्षेत्र हो । निकुञ्जभित्र दुर्लभ पाटेबाघ, गौरीगाई, गैँडा, निलगाई, भालु, सालक, जरायो, चितुवा, चित्तललगायत ३७ प्रकारका स्तनधारी जनावर, ४९० प्रकारका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रकारका पुतलीहरूको अवलोकन गर्न सकिने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए ।

निकुञ्जभित्र पर्यटकहरूका लागि वन्यजन्तु अवलोकन गर्न पानी पोखरीसँगै २ दर्जन भन्दा बढी मचानहरू समेत निर्माण गरिएको छ । त्यस्तै निकुञ्जभित्र हात्ती सफारी र जङ्गल सफारीको समेत व्यवस्था छ ।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले पर्सा निकुञ्जभित्र चितवन राष्ट्रिय निकुञ्जको तुलनामा धेरै प्रकारका वन्यजन्तु, चराचुरुङ्गी तथा प्राकृतिक रूपमा मनमोहक दृश्यहरू अवलोकन गर्न सक्ने ठाउँहरू भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए ।

स्थानीय तह र मधेस प्रदेश तथा निजी क्षेत्रले पनि आफ्नो प्रदेशभित्र रहेको निकुञ्जलाई प्रचारप्रसारमा खासै प्रभावकारी भूमिका खेलेको देखिँदैन ।

पछिल्लो समय निकुञ्जलाई लक्षित गरेर अम्लेखगञ्ज र सिमरामा दर्जनौँ होटल तथा रिसोर्टहरु खुलेका छन् । तर ती होटल तथा रिसोर्टहरुले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न नसकेको होटल तथा पर्यटन व्यवसायी मोहन शर्माले बताए ।

निकुञ्जभित्र पर्यटकहरूका लागि हलखोरिया दह, रामभौरी भाटा, काली दह घुम्नका साथै प्रतापपुरमा हात्ती सफारी माध्यमबाट गैँडा अवलोकन र अम्लेखगञ्जमा हात्ती सफारीको व्यवस्था गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जभित्र गत आर्थिक वर्षमा १ हजार ६५ जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका थिए ।

मधेश प्रदेश सरकारले प्रकृतिमा आधारित पर्यटनलाई प्राथमिकतामा नराखी धार्मिक पर्यटनको नाममा मठ मन्दिर र मस्जिद निर्माण र सौन्दर्यीकरण गर्न लागेको हुँदा प्राकृतिक पर्यटन प्रबद्र्धन ओझेलमा परेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले गुनासो गरे । साभार : रेडियो नेपाल

Related posts

अलौंको महायज्ञमा दलितलाई प्रवेश गर्न रोक लगाएपछि विरोध प्रदर्शन

MadhesKhabar

पूर्ण खोप घोषणा भइसकेको पर्सामा पहिलो पटक भेटिएका जिरो डोजको बच्चालाई लगाइयो खोप

MadhesKhabar

जलवायु परिवर्तनको असर :मधेसमा फेरि चापाकल सुक्न थालेपछि खानेपानीको समस्या बिकराल बन्दै

MadhesKhabar

Leave a Comment