Madhes Khabar
समाचार हेडलाइन

बर्दिबासमा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते

महोत्तरी,१९फागुन:महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते भएका छन् ।

बर्दिबास नगरपालिका–१ स्थित रातो पुलमा शंकास्पद वस्तु पड्किँदा कैलाली घोडाघोडी–१० का १७ वर्षीय सन्देश चौधरी र २४ वर्षीय समीर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।

मंगलबार अपराह्न करिब ३ बजे रातो पुलको पश्चिम साइडबाट करिब ५० मिटर पूर्व पुलको दाहिने किनारमा रातो रंगका दुई वटा शंकास्पद वस्तु फेला परेको र एउटा विस्फोट हुँदा पैदलयात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

बाटो हिँडिरहेका तीन जना व्यक्तिमध्ये एक जनाले खुट्टाले चलाउने क्रममा एउटा शंकास्पद वस्तु पड्किँदा छर्रा लागेर दुई जना घाइते भएका हुन् । फेला परेको अर्को शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । शंकास्पद वस्तुबारे अनुसन्धान भइरहेको छ ।

Related posts

पर्सामा १३ बर्षिया दलित बालिकामाथि बलात्कार, प्रहरीले जाहेरी दर्ता नगरेको पिडितको गुनासो

MadhesKhabar

आर्थिक मन्दीको असर : वीरगन्जका दुवै भन्सार कार्यालय राजश्व असुलीको लक्ष्य भेट्याउन असफल

MadhesKhabar

पर्सामा ११८ उम्मेदवारको जमानत जफत

MadhesKhabar

Leave a Comment