Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा पानीको समस्या समाधान नगरिए आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

वीरगन्ज, ७ साउन : जनमत पार्टी पर्साले वीरगन्जमा अहिले भएको खानेपानीको हाहाकार र अघोषित लोडसेडिङको समस्या तत्काल समाधानको माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको छ ।

जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सरार्फको नेतृत्वको टोलीले आइतबार वीरगन्जस्थित नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणको कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको हो ।

वीरगन्जमा देखिएको खानेपानीको विकराल समस्या समाधानको लागी खानेपानी संस्थानका प्रमुखलाई भेटेर आग्रह गरिएको संयोजक सर्राफले बताए । यस्तै आइतबार नै विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा पनि पुगेर कार्यालय प्रमुखलाई भेटेर अनियमित लोडसेडिङको समस्या समाधानका लागि आग्रह गरिएको उनले बताए ।यदि यी दुवै समस्या समाधानका लागि तत्काल पहिल नगरिए जनमत पार्टी आन्दोलनमा उत्रिने चेतावनीपनि दिइएको संयोजक सर्राफले जानकारी दिए ।

टोलीमा जनमत पार्टी पर्साका सह संयोजक रामजी रौनियार ,सचिव राजनरायण मिश्र, नेता श्याम गुप्ता, पुर्व जिल्ला इन्चार्ज सन्तोष साह, युवा दस्ताका जिल्ला संयोजक कन्हैयालाल झा, युवा जनमत संघका जिल्ला संयोजक राजु राज गिरी, प्रेस जनमत संघ पर्साका संयोजक मुन्ना ठाकुर ,सचीव राज सरार्फ लगायतको सहभागीता थियो ।

 

Related posts

पर्सामा प्रहरीको ज्यादति : दलितले पालेका भैंसी तस्करीको भन्दै पक्राउ गरि लिलाम

MadhesKhabar

नारायणी अस्पतालको फार्मेसीमा भएको करोडौंको हिनामिना पारियो थामथुम

MadhesKhabar

रासायनिक मलको अनुदान यथावत राख्दै मुल्य नबढाउने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment