Madhes Khabar
राजनीति हेडलाइन

पर्सा-३ बाट कांग्रेसद्वारा पूर्वमन्त्री चाैधरी र क्षेत्रीसहित ५ जनाकाे नाम सिफारिस

वीरगन्ज,२२मंसिर:आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर ३ काे प्रत्यक्षतर्फका उम्मेदवारका लागि नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पूर्वसांसद सुरेन्द्र चाैधरीसहित ५ जनाको नाम सिफारिस गरेकाे छ।

साेमबार बसेकाे कांग्रेसकाे क्षेत्र नम्बर ३ काे क्षेत्रय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका लागि चाैधरीसंगै जनार्दन सिंह क्षेत्री,शम्भु चाैहान,असर्फी साह र भगवती चाैधरीकाे नाम सिफारिस गरेकाे हाे।

यस्तै समानुपातिकतरृफका उम्मेदवारमा मुकेश कुर्मी,ध्रुब कुशवाहा र मनाेज यादवकाे नाम सिफारिस गरिएको क्षेत्रीय सभापति श्रीकिसुन चाैहानले जानकारी दिए।

यस्तै बैठकले आसन्न राष्ट्रिय सभाका उम्मेदवारका लागि पर्सा-३ बाट ललन द्विवेदी र सिन्धु मेहताकाे नामपनि सिफारिस गरेकाे उनले बताए ।

Related posts

मधेस प्रदेशमै सबै भन्दा बढी धान रोपाइँ बारा र पर्सामा

MadhesKhabar

राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ : अध्यक्ष यादव

MadhesKhabar

अबपनि नसुध्रिए कांग्रेस र कम्युनिष्टहरु देशभरबाटै सकिन्छन् : सांसद अमरेश सिंह

MadhesKhabar

Leave a Comment