Madhes Khabar
राजनीति

मधेसी शहिदहरुकाे स्मरण गर्दै माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने जसपा नेपालको निर्णय

काठमाडौं,१माघ:जनता समाजवादी पार्टी नेपालले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ ।

 

पार्टी कार्यालय बालकुमारीमा बिहीबार बसेको केन्द्रीय समन्वय समितिकाे प्रथम बैठकले बलिदानी दिवसका अवसरमा मधेस आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको स्मरण गर्दै देशभर विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेकाे हाे ।

 

त्यसैगरी बैठकले माघ ३ गते जनकपुरस्थित मधेस भवनमा प्रदेश स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त अवसरमा संघीयता, प्रदेश अधिकार र मधेस आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

बैठकले आगामी राष्ट्रिय सभा निर्वाचन सम्पन्न गराउन ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, परमेश्वर साह र लालकिशोर साह रहनेछन् । समितिले निर्वाचन रणनीति, समन्वय र व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ ।

केन्द्रीय समन्वय समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरी प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा खटाउने निर्णय पनि भएको बैठकमा सहभागी जसपा नेपालका केन्द्रीय समन्वय समिति सदस्य प्रदीप यादवले जानकारी दिए ।

Related posts

प्रेस चाैतारी पर्साकाे अध्यक्षमा तुलसी भण्डारी चयन

MadhesKhabar

पर्साको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सक्दो सहयोग गर्छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

वीरगन्ज निवासी भूतपूर्व एसएसपी अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment