Madhes Khabar
राजनीति हेडलाइन

लाेसपा वरिष्ठ नेता राजेन्द्र महत्ताे पर्सा ३ बाट सिफारिस

मधेसखबर
वीरगन्ज,२१ भदाैं : लोकतान्त्रिक समाजबादी पार्टी (लाेसप) का वरिष्ठ नेता राजेन्द्र महत्ताेकाे नाम पर्साबाट पनि सिफारिस भएकाे छ ।

मङ्गलबार बसेकाे लाेसपा पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिको बैठकले वरिष्ठ नेता महत्ताेलाई पर्सा क्षेत्र नम्बर ३ काे संघीय सांसदकाे उम्मेदवार बनाउन सिफारिस गरेकाे हाे ।
महत्ताेकाे नाम यसअघि धनुषा ३ बाट संघीय सांसदकाे उम्मेदवारमा सिफारिस भईसकेकाे छ ।२०७४ काे निर्वाचनमा महत्ताे धनुषा ३ बाटै संघीय सांसदमा निर्वाचित भएका थिए ।

पर्सा ३ मा आगामी निर्वाचनका लागि संघीय सांसदकाे उम्मेदवारमा नेकपा एमालेले राजकुमार गुप्ता , नेपाली काँग्रेसले सुरेन्द्र प्रसाद चाैधरी र जनता समाजवादी पार्टीले सांसद हरिनारायण राैनियारकी छाेरी डा. मधु गुप्ताकाे नाम सिफारिस गरेकाे छ ।

उक्त क्षेत्रबाट २०७४ काे निर्वाचनमा तत्कालीन संघीय समाजवादी फाेरमका हरिनारायण राैनियार निर्वाचित भएका थिए ।

लाेसपाले प्रदेशसभा सदस्यकाे उम्मेदवारमा पर्सा ३ काे (क) बाट शिवपुजन साह तथा क्षेत्र नम्बर ३ को (ख) बाट मालती कुमारि कुशवाहा र निजामुद्दीन सम्मानीकाे नाम सिफारिस गरेकाे छ ।

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

चुनावलाई लक्षित गरि वीरगन्जमा नेपाल–भारतका प्रहरी अधिकृतहरु बिच छलफल

MadhesKhabar

वीरगन्जमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा देशभरका साहित्यकार र सर्जकहरुको जमघट

MadhesKhabar

Leave a Comment