Madhes Khabar
राजनीति हेडलाइन

पर्सा क्षेत्र २ का उम्मेदवार चोरसिया र कुर्मीद्वारा चुनावी प्रचार प्रसार जारी


मधेसखबर
वीरगञ्ज , कार्तिक २७ गते :पर्सा क्षेत्र नम्बर २ का सत्तागठबन्धनले चुनावी प्रचार प्रचार र घरदैलो तथा छलफल कार्यक्रमलाई आईतबार पनि निरन्तरता दिएको छ ।

गठबन्धनबाट नेपाली काँगेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र लोसपाका प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले आईतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० कुमारी माई मन्दिर लगायतका स्थानमा नागरिक समाजसंग बृहत छलफल एवम् भेटघाट कार्यक्रम गरेका हुन् ।


आईतबार वडा नम्बर १० मा भएको चुनावी घरदैलो कार्यक्रममा मधेश प्रदेशका पुर्व मन्त्रि तथा नेपाली काँग्रेसका ओम प्रकाश शर्मा लगायतको पनि सहभागीता थियो ।

घरदैलोका क्रममा चौरिसयासंगै मतदाताको घरदैलोमा पुगेर शर्मा लगायतका नेताले पनि सत्तगठबन्धनका लागि मत मागेका हुन् ।

Related posts

जेनजी शहिदका परिवारलाई भेटेर वीरगन्जका मेयर सिंहले भनेः मबाट हुने सक्दो सहयोग गर्छु

MadhesKhabar

खानेपानीको संकटग्रस्त वीरगन्जमा ‘पानी बचाउ अभियान’ सुरु

MadhesKhabar

वीरगन्ज महानगरको मेयरमा १२ जनाको उम्मेदवारी दर्ता

MadhesKhabar

Leave a Comment