Madhes Khabar
स्थानिय हेडलाइन

पर्साका एसपी मिश्र मधेस प्रदेशमै उत्कृष्ट घोषित

वीरगन्ज,१२साउनःजिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र मधेस प्रदेशको उत्कृष्ट एसपी घोषित भएका छन् ।गत आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशका ८ जिल्लाका जिल्ला प्रहरी कार्यालयकाको कार्य सम्पदान मुल्यांकनमा जिल्ल प्रहरी कार्यालय पर्साका एसपी मिश्र उत्कृष्ट घोषित भएका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गरेको कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंकसहित प्रथम स्थान हासिल गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी मिश्रलाई प्रदेशकै उत्कृष्ट एसपी घोषित गरेको हो ।

एसपी मिश्रले २०८१ माघ १४ गतेदेखि जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेका थिए । जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा तस्करी, लागू औषधको कारोबार नियन्त्रण र मानव बेचबिखनविरुद्धको कारबाहीसंगै प्रहरी कार्यालयको भौतिक संरचना सुधार लगायतमा एसपी मिश्रको भूमीकाको मूल्यांकनका आधारमा नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले उत्कृष्ट एसपी घोषित गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक वर्षमा ६० करोड भन्दा बढी मूल्यको तस्करीका सामान बरामद गनरेको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले उक्त अवधिमा १ हजार ५ सय ११ जना फरार अपराधिलाई पक्राउ गरेर अदालतमा बुझाउँदै उनिहरुबाट ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल उपरपनि गराएको थियो ।

यस्तै एपी मिश्रले पर्सा प्रहरीको कमाण्ड सम्हाले यता ६ महिनाकै अवधिमा पर्सा प्रहरीले मानव बेचबिखन जोखिममा परेका किशोरी,युवती र महिला गरी १ सय ३७ जनाको उद्धार गर्नुका साथै मानव बेचबिखनका १२ वटा मुद्धा दर्ता गरेर १३ जनालाई पक्राउ गरी कैद भुक्तानका लागि कारागारमा पठाएको थियो ।

 

Related posts

समाज सेवामा रुंगटा वेल फेयर सोसाइटी : छठमा गरिब विपन्न महिलाहरुलाई साडी वितरण

MadhesKhabar

एमाले प्रवेश गरेका पूर्वमन्त्री यादवलाई केपी ओलीले बनाए पर्सा-१ काे उम्मेदवार

MadhesKhabar

महिला हिंसा विरुद्धको १६दिने अभियान : ठाेरीमा अन्तरकृया र रयाली सम्पन्न

MadhesKhabar

Leave a Comment