वीरगन्ज,१२साउनःजिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र मधेस प्रदेशको उत्कृष्ट एसपी घोषित भएका छन् ।गत आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशका ८ जिल्लाका जिल्ला प्रहरी कार्यालयकाको कार्य सम्पदान मुल्यांकनमा जिल्ल प्रहरी कार्यालय पर्साका एसपी मिश्र उत्कृष्ट घोषित भएका हुन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गरेको कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंकसहित प्रथम स्थान हासिल गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी मिश्रलाई प्रदेशकै उत्कृष्ट एसपी घोषित गरेको हो ।
एसपी मिश्रले २०८१ माघ १४ गतेदेखि जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेका थिए । जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा तस्करी, लागू औषधको कारोबार नियन्त्रण र मानव बेचबिखनविरुद्धको कारबाहीसंगै प्रहरी कार्यालयको भौतिक संरचना सुधार लगायतमा एसपी मिश्रको भूमीकाको मूल्यांकनका आधारमा नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले उत्कृष्ट एसपी घोषित गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक वर्षमा ६० करोड भन्दा बढी मूल्यको तस्करीका सामान बरामद गनरेको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले उक्त अवधिमा १ हजार ५ सय ११ जना फरार अपराधिलाई पक्राउ गरेर अदालतमा बुझाउँदै उनिहरुबाट ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल उपरपनि गराएको थियो ।
यस्तै एपी मिश्रले पर्सा प्रहरीको कमाण्ड सम्हाले यता ६ महिनाकै अवधिमा पर्सा प्रहरीले मानव बेचबिखन जोखिममा परेका किशोरी,युवती र महिला गरी १ सय ३७ जनाको उद्धार गर्नुका साथै मानव बेचबिखनका १२ वटा मुद्धा दर्ता गरेर १३ जनालाई पक्राउ गरी कैद भुक्तानका लागि कारागारमा पठाएको थियो ।

