Madhes Khabar
स्थानिय

बहिरा बालबालिकाको भविष्यका लागि सबैले मिलेर काम गरौँ : मेयर सिंह

वीरगन्ज ,१६ जेष्ठ:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि आउजाउ गर्न यात्रुवाहक बसको व्यवस्था मिलाउने बताएका छन् ।

वीरगन्जमा मंगलबारदेखि सुरु सरोकारवालाहरुका लागि १० दिने आधारभुत सांकेतिक भाषा तालिमको उद्घाटन गर्दै उनले बहिरा विद्यार्थीहरुको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाउने बताएका हुन् ।

वीरगन्ज महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उनले उनीहरुको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको पनि बताए । अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै उनले बहिरा बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि सबै एक जुट भएर काम गर्नुपर्ने बताए ।

बहिराहरुको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको पनि उनले बताए।

तालिममा १५ जना महिला पुरुषको सहभागिता छ । पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अर्चना कर्णले गरेकी थिइन् ।

Related posts

अध्यक्ष कलवार र कर्मचारी बिचको कलहले कालीकामाई गाँउपालिका अस्तव्यस्त

MadhesKhabar

ठोरीकाे सुन्दरटोलमा सुकुम्बासीका लागि जग्गाकाे नापजाँच तिव्र

MadhesKhabar

पर्साका पालिका उपप्रमुखहरुले गठन गरे `डेपुटी मेयर्स क्लब´, अध्यक्षमा थारु

MadhesKhabar

Leave a Comment