Madhes Khabar
स्थानिय हेडलाइन

पर्साका पालिका उपप्रमुखहरुले गठन गरे `डेपुटी मेयर्स क्लब´, अध्यक्षमा थारु

वीरगन्ज,१७कार्तिक: पर्सामा डेपुटी मेयर्स क्लब गठन गरिएकाे छ।
पर्साका १४ वटै पालिकाका उप्रपमुखहरुकाे वीरगन्जमा शुक्रबार बसेकाे बैठकले ममता महताे थारुकाे अध्यक्षतामा १४ सदस्यीय डेपुटी मेयर्स क्लबकाे नयाँ कार्यसमिति गठन गरेकाे हाे ।महताे पटेर्वासुगाीली गाँउपालिकाकी उपाध्यक्ष हुन्।
क्लबकाे उपाध्यक्षमा ठाेरी गाँउपालिकाकी उपाध्यक्ष गाेकुली रेग्मी,सचिवमा विन्दवासिनी गाँउपालिकाकी उपाध्यक्ष ज्याेति चाैरसिया र काेषाध्यक्ष सखुवा प्रसाैनी गाँउपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट रहेकी छन्।
यस्तै क्लबकाे सदस्यमा जिराभवानी गाँउपालिकाकी उपाध्यक्ष रेखा चाैधरी,छपहरमाई गाँउपालिकाकी उपाध्यक्ष लिलावती देवी कानु, धाेबिनी गाँपालिकाकी उपाध्यक्ष मञ्जु देवी,बहुदरमाई नगरपालिकाकी उपमेयर सुष्माकुशवाहा, पाेखरिया नगरपालिकाकी उपमेयर रुबी ठाकुर, पर्सागढी नगरपालिकाकी उपमेयर पुजा चाैधरी, पकाहा मैनपुर गाँउपालिकाकी उपाध्यक्ष सर्फुनेशा खातुन,कालिकामाई गाँउपालिकाकी उपाध्यक्ष राजपतिदेवी बरैनी र जगरनाथपुर गाँउपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री रहेकी छन्।
क्लबकाे सल्लाहकारमा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम रहेका छन्।
जिल्लाभरका १४ वटै पालिकाका उपप्रमसखहरुकाे कामका सम्बन्धमा समान बुझाइ विकास गर्न, कार्य प्रणालीमा एकरुपता ल्याउन, साझा सवालमा सहकार्य तथा समन्वय गर्न, ,सिकाइ आदानप्रदान गर्न तथा आइपर्ने समस्या र चुनौतीकाे मिलेर सामना गर्ने उद्देश्यले क्लब  गठन गरिएको क्लबकी अध्यक्ष थारुले बताइन्।
क्लबले सामुहिक प्रयासमा उपप्रमुखहरुको क्षमता विकास र कानुनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्ने पनि उनले बताइन्।
पालिकाका उपप्रमुखलाई न्याय सम्पादन, अनुगमन तथा सुपरीवेक्षण, गैरसरकारी संघ संस्था परिचालन तथा समन्वय, नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने अधिकारका साथै  राजस्व परामर्श समिति, नगर सभा र कार्यपालिकाबाट गठन गरिएका विषयगत समितिहरुका बिचमा समन्वय र सहजीकरण गर्ने जिम्मेवारीपनि दिइएकाे भन्दै क्लबकी उपाध्यक्ष रेग्मीले पाएका जिम्मेवारी अन्तर्गत पालिकाको कार्य सम्पादनमा एकरुपता ल्याउन क्लबकाे महत्वपूर्ण भूमिका रहने बताइन्।

Related posts

एडिबीको सहयोगमा सिर्सिया नदिको प्रदुषण नियन्त्रणको काम छिट्टै सुरु हुदैंछ : मन्त्री यादव

MadhesKhabar

पर्सामा सुमाे र माेटरसाइकल ठाेक्किएर आगाे लाग्दा एककाे मृत्यु,उद्दारका लागि एम्बुलेन्स लिएर पुगे अध्यक्ष यादव

MadhesKhabar

ठगी मुद्धाका फरार अभियुक्त चौधरी पक्राउ

MadhesKhabar

Leave a Comment