Madhes Khabar
स्थानिय

ठोरीमा भुस्याहा कुकुरको टोकाइबाट एक युवकको मृत्यु

वीरगन्ज,१५असाेज:पर्साकाे ठोरी गाउँपालिका वठा नम्बर ३ नयाँवस्तीमा भुस्याहा कुकुरले टाेकेका ऐक युवककाे मृत्युु भएको छ।मृत्यु हुनेमा स्थानीय २२ वर्षीय इन्द्र ब्लोन रहेका छन्।

भुस्याहा कुकुरले टाेकेपछि गम्भीर बिरामी भएका ब्लाेनकाे काठमाडौंस्थित टेकु अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बुधबार घर फर्काइँदै गर्दा बाटोमै उनको मृत्यु भएकाे हाे ।

मृतकका भाइ विनोद ब्लोनले गाउँमा (भुस्याहा) कुकुरहरूको बिगबिगीले आफ्नो दाइ इन्द्रको ज्यान गएको बताए । कुकुरले टाेकेपछि सुरुमा स्वास्थ्यमा ठूलो असर नदेखिए पनि पछि स्थिति जटिल बन्दै गएपछि अस्पताल लगिएको थियो। तर, उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा नै उनको निधन भएको विनोदले बताए।

 

स्थानीय बासिन्दाहरुले गाउँमा अनियन्त्रित रूपमा फैलिँदै बढ्दै गएकम कुकुरहरुले गम्भीर समस्या निम्त्याएकाे बताएका छन्। साभार:हाम्राे ठाेरी

Related posts

बारामा१२ वर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा एक युवक पक्राउ 

MadhesKhabar

पर्साका भूमीहिन दलित र सुकुम्बासीलाई जग्गा वितरणमा सहयाेग गर्न दलित अगुवाहरुसंग आयाेगकाे आग्रह

MadhesKhabar

वर्षामा वीरगन्ज शहरलाई डुबाउनबाट जोगाउन रातका समयमा पनि नाला सफाई

MadhesKhabar

Leave a Comment