Madhes Khabar
स्थानिय

वीरगन्जको शक्तिमान बेकरी एन्ड फुड प्रोड्क्ट उद्योगलाई २० हजार जरिवाना

वीरगन्ज,२२चैत:वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी स्थित शक्तिमान बेकरी एन्ड फुड प्रोड्क्ट उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।उपभोक्ताकाे स्वास्थ्यसंग खेलवाड गरेकाे भन्दै उक्त उद्योगलाई बजार अनुगमन टाेलीले २० हजार रुपैयाँ जरिवाना गरिएको हाे।

उपभोक्ताको गुनासोको आधारमा बिहीबार खाद्य प्रबीधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश कुमार सिंहको नेतुत्वमा खटिएको टोलीले उक्त उद्योगमा पुगेर अनुगमन गरेकाे थियाे ।त्यसक्रममा उद्योगभित्र सरसफाइमा लापरबाही गरिएको, प्रत्येक उत्पादनमा उत्पादन र म्याद गुज्रिने मिति उल्लेख नगरिएको लगायतका त्रुटी भेटिएको कार्यालय प्रमुख सिंहले बताए ।

यसका साथै उद्योगले आवश्यक कागजात र खरिद बिक्री बिल देखाउन नसकेको तथा अनुगमन कार्यमा असहयोगपनि गरेकोले उपभोक्ता संरक्षण ऎन २०७५ बमोजिम २० हजार रुपैयाँ जरिवाना गरि ३ दिन भित्र अन्य कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको कार्यालयका सूचना अधिकारी दिलिप खङ्ग खत्वेले जानकारी दिए।

Related posts

सहरको मुटुमा हरियाली फर्काउने वीरगन्ज महानगरको अभियान

MadhesKhabar

ठोरीमा भुस्याहा कुकुरको टोकाइबाट एक युवकको मृत्यु

MadhesKhabar

वीरगन्ज :सार्वजनिक बोरीङबाट पानी लैजान नदिनेको दैलोमा वडाध्यक्षले थुपारिदिए फोहोर

MadhesKhabar

Leave a Comment