Madhes Khabar
राजनीति

ठाकुरराम क्याम्पसको नेविसंघ इकाई अध्यक्षको जिम्मेवारी करण पाण्डेलाई

वीरगन्ज,१७चैतःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ समितिको अध्यक्षमा करण पाण्डे मनोनित भएका छन् । नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ समितिको अध्यक्षमा पाण्डेलाई मनोनित गरेका हुन् ।

चैत ८ गतेको पत्रमा नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ समितिको अध्यक्ष पदको जिम्मेवारी पाण्डेलाई दिइएको उल्लेख छ । पाण्डेलाई अबको ३ महिना भित्र ठाकुरराम बहुमुखी क्याम्पसमा नेविसंघको इकाइ समितिको अधिवेशन सम्पन्न गर्नपनि केन्द्रिय अध्यक्ष शेर्पाले पाण्डेलाई निर्देशन दिएका छन् ।

Related posts

संघीयता आएपछि जनताले आफ्नै गाँउठाँउमा स्वास्थ्य र शिक्षा पाउन थालेका छन् : पूर्वप्रधानमन्त्री देउवा

MadhesKhabar

अशाेक राई, राजेन्द्र महत्ताे र रेशम चाैधरीकाे पार्टीबीच चुनावी माेर्चा, एउटै चुनाव चिह्नमा चुनाव लड्ने

MadhesKhabar

पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढ्यो : लामिछाने

MadhesKhabar

Leave a Comment