Madhes Khabar
राजनीति हेडलाइन

बाराकाे फेटा गाँउपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश

वीरगन्ज,२९मंसिर:बाराको फेटा गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
वीरगन्जमा साेमबार आयाेजित रास्वपाकाे प्रथम वीरगन्ज महानगर भेलामा फेटा गाँउपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश गरेका हुन्।
कार्यक्रममा स्वपाका कार्यवाहक सभापति डीपी अर्यालले अन्सारीलाई पार्टीमा स्वागत गरे।अन्सारी २०७९ काे स्थानीय तहकाे निर्वाचनमा  रविन्द्र मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीका तर्फबाट फेटा गाँउपालिककाे अध्यक्षमा निर्वाचित भएका थिए।
त्यसअघि नेपाली कांग्रेसमा आबद्ध रहेका अन्सारीलाई २०७९ काे निर्वाचनमा कांग्रेसले गाँउपालिका अध्यक्षकाे टिकट दिएपनि वडाध्यक्षमा उनले चाहेका उम्मेद्वारलाई टिकट नदिएपछि अन्सारी कांग्रेस छाडेर विवेकशील साझा पार्टीबाट गाँउपालिका अध्यक्षमा चुनाव लडेका थिए।
साेमबारकै कार्यक्रममा जसपा नेपालकाे वीरगन्ज महानगर उपाध्यक्ष परबेज अख्तरपनि रास्वपामा प्रवेश गरेकाे रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए।

Related posts

पर्सामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक मुल्यांकन गर्दा ठाेरी प्रथम,जगरनाथपुर दाेस्राे र वीरगन्ज तेस्रो 

MadhesKhabar

निजीलाई पालेर सरकारी विद्यालयलाई विस्थापन गर्न शिक्षा विधेयक ल्याइएको सांसद यादवको आरोप

MadhesKhabar

बारामा गाजा खेती फडानी गर्ने अभियान फेरि शुरु

MadhesKhabar

Leave a Comment