Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक मुल्यांकन गर्दा ठाेरी प्रथम,जगरनाथपुर दाेस्राे र वीरगन्ज तेस्रो 

वीरगन्ज,१मंसिर:पर्सा जिल्लामा गत आर्थिक वर्ष २०८१ ८२ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न भएको छ।आइतबारदेखि होटल क्लासिक ब्याङ्क्वेटमा चलेको वार्षिक समिक्षा सोमबार सम्पन्न भएको हो ।

 

साेमबार आयाेजित समापन कार्यक्रममा जिल्लाका १४ वटै पालिकाले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका कामलाई विभिन्न सूचकहरुको आधारमा मुल्यांकन गर्दा ठोरी गाँउपालिकालाई प्रथम घाेषणा गरियाे ।यस्तै जगरनाथपुर गाउँपालिका दाेस्राे  र वीरगन्ज महानगरपालिका तेस्रो हुन सफल भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए । प्रथम,दाेस्राे र तेस्राे हुन सफल पालिकालाई पुरस्कार समेत प्रदान गरिएको थियाे ।

 

समीक्षा गाेष्ठीकाे समापन सत्रमा बोल्दै प्रमुख अतिथि मधेस प्रदेश स्वास्थ्य निर्देशनलायका निर्देशक सरोजचन्द्र न्यौपानेले मधेस प्रदेशमै परिवार नियोजनको स्थायी साधन प्रयोग गर्ने पुरुषको संख्या न्युन भएको बताए। उनले सभने,‘ हाम्राे प्रदेशमा परिवार नियोजनको साधन प्रयोगको अवस्था कमजोर छ, छोरा मान्छेले भ्याक्सेटोमी नगर्ने समस्या देखियो ।त्यसैले अब पुरुषले भ्याक्सेटाेमी गर्ने अभियान स्वास्थ्यकर्मीबाटै सुरु गर्न जरुरी छ ।’

 

स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाले पर्साका स्थानीय तहमा स्वास्थ्यका क्षेत्रमा केही नविनतम अभ्यासहरु भएको बताए ।

पर्साका पालिकाहरुमा गर्भवतीलाई क्याल्सियम चक्की खुवाउने, कम तौल भएको बच्चालाई पोषण सामाग्री दिने, रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने, निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन लगायत नविनतम अभ्यासहरु भएको उनले जानकारी गराए।

 

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले कर्मचारीको मेहनतले जिल्लामै ठाेरी गाँउपालिका प्रथम स्थान हाँसिल गर्न सफल भएको बताए । उनले जनप्रतिनीधिले कर्मचारीसँग काम लिन सक्नुपर्नेमा जोड दिए ।जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले स्वास्थ्यकर्मीहरुलाई वनभोजको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

 

समिक्षा बैठकमा जिल्लाका सबै पालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा जिल्लामै पहिलोपटक १५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानपनि गरिएको थियो ।

Related posts

वीरगन्ज महानगरलाई सरसफाई सम्झौता लागू गर्ने बाटो खुल्यो, अदालतले दिएन ‘स्टे अर्डर’

MadhesKhabar

महिलालाई सम्मान गर्न सकिएन भने समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : पूर्वराष्ट्रपति भण्डारी

MadhesKhabar

निर्वाचन सुरक्षाका लागि केन्द्रबाट १३ हजार थप सुरक्षाकर्मी मैदानमा

MadhesKhabar

Leave a Comment