वीरगन्ज,१५ भदौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले परिवारदेखि समाज रुपान्तरणसम्ममा महिलाको भूमीका अहम रहेपनि महिलाहरुले अपेक्षीत सम्मान भने पाउन नसकेको बताएकी छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वृहत महिला सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै भण्डारीले समाजका रुढीवादी सोच,गलत परम्पराबाट महिलाको लागि मात्रै भनेर सृजना गरिएको अवरोधलाई तोड्दै महिलाहरुले आफैं आत्मविश्वासी बनेर समाजलाई सकारात्मक ढंगले चुनौती दिएर सरकारात्मक परिवर्तनको नेतृत्व लिनुपर्ने आवश्यतmा रहेको बताइन् ।
उनले भनिन्,‘हाम्रो समाजमा अझै लैंगिक असमानता, पूर्वाग्रह र अवरोधहरु धेरै नै बाँकी छ । त्यसलाई तोड्दै महिलाहरु आँफै आत्मविश्वासी बन्नुपर्छ । महिलाको शक्ति, त्याग र समपर्णलाई संस्थागत रुपमा सम्मान गर्न सकिएन भने समाजमा दिगो विकास र समृद्ध नेपालको सपना पूरा हुन सक्दैन । तसर्थ परिवार बनाउनोदेखि उद्योग व्यवसाय, शिक्षा ,स्वास्थ्य र सामाजिक रुपान्तारणसम्म महिलाको योगदान रहदै आएकोले समाजमा महिलाको योगदानलार्ई अपेक्षित सम्मान दिनुपर्छ ।’
उनले वीरगन्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु व्यक्तिगत सफलता मात्र नभई सिंगो देशकै अर्थतन्त्रलाई सुदृढ बनाउने एक संकल्पको रुपमा रहेकोले महिला उद्यमशीलतालाई सम्मान प्रोत्साहन गर्नुपर्ने तथा आगामी पुस्तालाई पनि प्रेरणा दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।महिलाहरुपनि नेतृत्व गर्न ,उद्यम सञ्चालन गर्न र समाज परिवर्तन गर्न सक्षम छन् भन्ने अवस्थाको सृजना गर्न सक्नुपर्ने उनले बताइन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतमले वृहत् महिला सम्मेनलको आयोजनाले समाजमा महिलाहरुको पहिचान बनाउन , आत्मविश्वास बढाउन र नयाँ उद्यम गर्न तथा उद्यम गरेकाहरुलाई प्रोत्साहीत बनाउने अपेक्षा गरिएको बताए। उनले महिलाहरुले अझैपनि भोगिरहेका पारिवारिक, सामाजिक ,आर्थिक , राजनीतीक विभेद तथा अवरोधका साथै उनीहरुका जीवनका विभिन्न भोगाई र संघर्षलाई शतिmमा बदल्ने अभियानका रुपमा यो सम्मेलनले एउटा पथप्रदर्शकको रुपमा भुमीका खेल्नेमा आफु विश्वस्त रहेको बताए ।
अध्यक्ष गौतमले खासगरी मधेस प्रदेश अन्तर्गतको पर्सा र बाराका विभिन्न क्षेत्रमा आफ्नो उद्यम मार्फत कृयाशिल तर ओझेलमा परेका महिलाहरुको अनुभव आदान प्रदान गर्ने वातावरण सिर्जना गर्ने प्रयास पनि केही हद सम्म सार्थक भएको बताए ।
महिला उद्यमशीलता विकास समितिकि अध्यक्ष डाक्टर लक्ष्मि थापाले महिला नै महिलाको दुश्मन हुन्छन् भन्ने भनाईलाई उल्ट्याउँदै यो सम्मेलनले महिलापनि महिलाको असल साथी हुन सक्छन् भन्ने सकारात्मक भावनाको विकास समेत गरेको दाबी गरिन् ।
सम्मेलनमा गाउँदेखी शहरसम्मका विभिन्न क्षेत्रमा कृयाशिल महिलाहरुको सहभागिता रहेको थियो । त्यसैक्रममा नेपाल उधोग बाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ , नेपाल उधोग बाणिज्य महासंघ,महिला उधम विकास समितिकी सभापति कमला श्रेष्ठ , वरीष्ठ पत्रकार एव् समाजसेवी नम्रता शर्मा , रुपाली पोदार ,नारायणी अस्पतालकी नर्सिंग अधिकृत हेमा थापा , नेशनल ईन्फोटेककी संचालिका काजल सिँहले पत्रकार कविता खड्काको सहजीकरणमा आ आफ्ना अनुभव तथा धारणा राखेका थिए ।कार्यक्रमको सञ्चालन पत्रकार निलिमा पौडेलले गरेकी थिईन् ।

