वीरगन्ज,७ कात्तिक : मधेस प्रदेश सरकारले यसपालि छठको पारनका दिनपनि सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
संघ सरकारले छठमा १ दिन मात्र अर्थात सँझियाँ घाटेका दिन अर्थात कात्तिक १० गते सार्वजनिक बिदा दिएका कारण छठको बिदा थप्न माग भइरहेका बेला मधेस प्रदेश सरकारले पारनका दिन पनि अर्थात कात्तिक ११ गते बिदा दिने निर्णय गरेको हो ।
मधेस प्रदेशका् गृह,सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा कात्तिक ११ गते मंगलबारका दिन छठ पर्बको भोलिपल्ट मधेस प्रदेशमा सार्बजकिन बिदा निर्णय भएको व्यहोरा सबैमा जानकारी गराइएको भन्ने उल्लेख छ ।

