Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्ज-३० का वडाध्यक्ष यादवकाे अग्रसरतामा ७०० विद्यार्थीलाई स्वीटर र टाेपी वितरण

वीरगन्ज,२मंसिर:वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत सबै विद्यार्थीलाई वडा समितिकाे कार्षालयले स्वीटर र टाेपी वितरण गरेकोे छ।

वडाध्यक्ष मनाेजकुमार यादवकाे अग्रसरतामा विद्यालयकाे कक्षा १ देखि १० सम्मका ७ सय जना विद्यार्थीलाई जाडाेमा लगाउने स्वीटर र टाेपी वितरण गरिएको हाे ।आइतबार विद्यालयमै आयाेजित कार्यक्रममा वडाध्यक्ष यादवले विद्यार्थीलाई स्वीटर र टाेपी वितरण गरे।

आँफुले चुनावका बेला गरेकाे वाचा अनुसार विद्यार्थीलाई जाडाेमा लगाउने स्वीटर र टाेपी वितरण गरेको वडाध्यक्ष यादवले बताए ।अभिभावकहरुकै सुझाव अनुसार प्रत्येक विद्यार्थीबाट जनही १५० रुपैयाँ संकलन गरेर त्यसमा वडा समिति कार्यालयबाट ३५० रुपैयाँ थपेर कुल ५०० रुपैयाँकाे स्वीटर र टाेपी खरिद गरेर विद्यार्थीलाई आइतबार वितरण गरिएको उनले बताए ।

वडाध्यक्ष यादवकै अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुब कुशवाहा,प्रधानाध्यापक प्रेम राय,वडा सदस्यहरु,शिक्षक,शिक्षिका,अभिभावक लगायतकाकाेपनि सहभागिता थियाे।

Related posts

अबपनि नसुध्रिए कांग्रेस र कम्युनिष्टहरु देशभरबाटै सकिन्छन् : सांसद अमरेश सिंह

MadhesKhabar

वीरगन्जका ३ वटा वडामा वर्षौँदेखिको डुबान समस्या समाधान हुदाँ स्थानीबासी खुशी

MadhesKhabar

ठाकुररामसहित देशभरका क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन

MadhesKhabar

Leave a Comment