Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ हदैसम्मको कारबाही गर्न चिकित्सक संघको माग

वीरगन्ज,४बैशाख : वीरगन्जको नारायणी अस्पतालका चिकित्सकलाई बिरामीका आफन्तले अपे्रशन थिएटरमै पसेर हातपात गर्नुका साथै गालीगलौज गर्नेहरुलाइ हदै सम्मको कारबाही गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले माग गरेको छ ।

संघका सचिव डाक्टर नौशादले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि हातपात र गालीगलौज गर्नेहरुलाई हदै सम्मको कारबाही गर्न माग गरेका हुन् ।

संघका अनुसार , नारायणी अस्पतालको प्रसुती विभागको अप्रेशन थिएटरमा आइतबार राति एक बिरामीका आफन्तहरुले पसेर त्यहा कार्यरत डक्टर तरन्नुम अफरोजमाथि हातपात र गालीगलौज गरेका थिए । बिरामीको शल्यकृयापश्चात ड्युटीमै रहेका बेला डाक्टर अफरोजमाथि बिरामीको आफन्तहरुबाट हातपात भएको संघले जनाएको छ ।

डाक्टर नौशादका अनुसार , आइतबार जटील अवस्थामा ल्याइएकी बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालकी गर्भवती महिला अमरावती देवीलाई आकस्मिक सुत्केरीका लागि अप्रेशन थिएटरमा लगेर डाक्टर अफरोजले शल्यकृया मार्फत प्रसूती गराएकी थिइन् ।

तर सिकिस्त अवस्थामा जन्मिएका शीशुलाई बचाउन असफल भएपछि त्यसैको आक्रोशमा बिरामीका आफन्तहरुले अप्रेशन थिएटरमा पसेर डाक्टर अफरोजमाथि हातपात गर्नुका साथै गाली गलौज गरेका थिए ।

उक्त घटनामा संलग्नमध्येका केहि व्याक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकाहरु विरुद्ध प्रहरीले हदैसम्मको कानूनी कारबाही नगरे जा दोषीलाई बिहान कारवाही उन्मुक्ति दिए चिकित्सकहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी चिकित्सक संघ नारायणी शाखाले दिएको छ ।

Related posts

आयात खुला भएसँगै चीनबाट दसैँमा भित्रियो एक करोडको तास

MadhesKhabar

सिर्सियास्थित नगर विकास समितिको जग्गा नापजाँच सुरु

MadhesKhabar

पथलैयाबाट तस्करीको डेढ करोडको सामानसहित दुई वटा ट्रक पक्राउ

MadhesKhabar

Leave a Comment