Madhes Khabar
स्थानिय हेडलाइन

सिर्सियास्थित नगर विकास समितिको जग्गा नापजाँच सुरु

वीरगन्ज,२१ बैशाख : वीरगन्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सियामा नगर विकास समितिले प्लटिङ गरेको जग्गा बिहीबारबाट नापजाँच गरेर छुट्याउन सुरु गरिएको छ ।

नगर विकास समितिले व्यवस्थित शहर विकास गर्न भन्दै २०४२ चैत २८ मै २६ विघा जग्गामा प्लटिङ गरेको थियो ।प्लटिङको बीचमा ६० फिटको फराकिलो बाटो र सहायक सडकहरु ३५÷३५ फिटको छुट्याएर नगर विकासले व्यवस्थित वस्ति बसाल्न खोजेको थियो । तर प्लटिङको जग्गा नगर विकास समितिसँग व्यक्तिहरुले खरिद गरेको भए पनि अहिलेसम्म त्यसमा वस्ति भने बस्न सकेको छैन ।

नगर विकास समितिले नक्सांकन गरेर प्लटिङ गरे पनि नापी कार्यालयले नापजाँच गरेर नक्सा छुट्याउन अवरोध गर्दा अहिलेसम्म पनि त्यहाँ वस्ति विकास हुन नसकेको जानकारहरु बताउँछन् ।

बिहीबारबाट भने नापी कार्यालय र महानगरपालिकाको संयुक्त टोलीले नापजाँचमा खटेर सडक तथा नाला छुट्याउने काम गरिरहेको छ ।यसअघि बुधबार जिल्ला प्रशासन कार्यालयमा नापी कार्यालयका प्रमुख नारायण श्रेष्ठले एक हप्ता भित्रमा प्लटिङको जग्गा नापजाँचको काम सक्ने लिखित प्रतिबद्धता जनाए अनुरुप बिहीबारदेखि काम अघि बढेको हो ।

टोलीले बिहीबार दक्षिण तर्फ ६० फिटको सडकका साथै ३५÷३५ फिटको ५ वटा सडक नापजाँच गरेर छुट्याइदिनुका साथै किलाकाटी समेत गरेको छ । एक हप्ता भित्र नापजाँच सक्ने गरी काम भइरहेको महानगरको नापी शाखाका प्रमुख देवलाल प्रसादले जानकारी दिए ।

Related posts

स्व.गोपाल गिरी क्रियाशील पत्रकारीता पुरस्कार देवकोटालाई प्रदान

MadhesKhabar

वीरगन्जको मेनरोड बारे संसदमा फेरि बोले यादव– अदालतले मुद्दाको छिटो छिनोफानो गरिदिनु पर्यो

MadhesKhabar

दिल्लीमा मजदुरी गर्न गएका पर्साका एक युवकको चार तल्ले भवनबाट खसेर मृत्यु

MadhesKhabar

Leave a Comment