Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्ज महानगरका विद्यालयहरुमा फेरि आजदेखि ३ दिनका लागि जाडाे बिदा

वीरगन्ज,२माघ : चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा फेरि ३ दिनका लागि जाडो बिदा दिएको छ। शीतलहरसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा फेरि आज(बुधबार)देखि ३ दिनका लागि जाडो बिदा दिएको हो।

बुधबाबार महानगरपालिकाले  वर्षे बिदामा कट्टा हुने गरी आज माघ २ गते बुधबारदेखि माघ ४ गते शुक्रबारसम्म वीरगन्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको जनाएको  छ।अब महानगरका विद्यालयहरु माघ ६ गते आइतबारदेखि नियमित सञ्चालनमा आउने महानगरपालिकाका शिक्षा समितिका संयाेजक इश्वरचन्द्र यादवले जानकारी दिए।

यसअघि महानगरपालिकाले गत पुस २४ देखि पुस २६ गतेसम्मका लागि विद्यालयहरुमा जाडाे बिदा दिएकाे थियाे।

तराई–मधेसमा दुई साता यता चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ।

Related posts

एसईईमा पर्साबाट ४ जिपिए ल्याउन सफल विद्यार्थीहरु अभिभावक संघबाट सम्मानित

MadhesKhabar

सप्तरी २ : उपेन्द्र यादव भन्दा सिके राउतकाे दाेब्बर अग्रता

MadhesKhabar

होटलमा जुठो माँझेर गुजारा चलाउँदै मधेस आन्दोलनका सहिदकी पत्नी विनीता देवी

MadhesKhabar

Leave a Comment