Madhes Khabar
शिक्षा

एसईईमा पर्साबाट ४ जिपिए ल्याउन सफल विद्यार्थीहरु अभिभावक संघबाट सम्मानित

वीरगन्ज,२साउन:माध्यमिक शिक्षा परीक्षा(एसईई) २०८१ मा पर्सा जिल्लाबाट ४ जिपिए ल्याउन सफल ८ जना विद्यार्थीहरुलाई अभिभावक संघ पर्साले सम्मानित गरेको छ।

शुक्रबार वीरगन्ज पब्लिक कलेजकाे सभाकक्षमा आयाेजित कार्यक्रममा अभिभावक संघ पर्साले विद्यार्थीहरुलाई सम्मानित गरेको हाे।

 

सम्मानित हुनेहरुमा सामुदायिक विद्यालय त्रिजुद्ध माविका छात्र सचिन मेहता, संस्थागत विद्यालय कादम्बरी एकेडेमीका छात्रा सिद्धी शर्मा,साक्षी यादव,छात्र यश जयसवाल र साैरभ पाण्डे तथा गाैतम माविका छात्रा जाेया हवारी,दिपीशा राैनियार र छात्र आरभ चाैरसिया रहेका छन्।

 

उनिहरुलाई मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य,अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साह लगायतले दाेशल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल त्रिजुद्ध माविलाई पनि कदरपत्रसहित सम्मानित गरिएको थियाे।

 

संघका अध्यक्ष साहकाे अध्यक्षतामा तथा प्रा. डा. शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्र,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैगाइँ लगायतकाकाेपनि सहभागिता थियाे।

Related posts

भाैराटारकाे विद्यालयमा १०+२ कक्षा सञ्चालनका लागि आर्थिक सहयाेग गर्ने वडाअध्यक्षहरुकाे घाेषणा

MadhesKhabar

समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग

MadhesKhabar

वीरगन्जका विद्यालयहरुमा वर्षे विदा साउन १३ गतेदेखि दिने महानगरको निर्णय

MadhesKhabar

Leave a Comment