वीरगन्ज,२२पुस:शीतलहरसंगै चिसाे अत्याधिक बढेपछि वीरगन्ज महानगरपालिका वडा नम्बर १० का विभिन्न स्थानमा दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलाइएको छ।
वडाध्यक्ष सुशील साह कानुकाे निर्देशनमा वडा समितिकाे कार्यालयले साेमबारदेखि वडा नम्बर १० का विभिन्न टाेलका चाेक तथा सार्वजनिक स्थानमा दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलाएकाे हाे।वडाध्यक्ष कानुका अनुसार, घडिअर्वा पाेखरीछेउकाे रामजानकी मन्दिर अगाडि, शमसानघाटअगाडि,आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि, पशुपति क्यारियर अगाडि, शिव पार्वती प्रहरी चौकी अगाडि, होली ल्यान्ड स्कुल अगाडि लगायतका २० स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरिएको हाे।
अत्याधिक चिसाे र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि त्यसैलाई मध्यनजर गरि वडाबासीलाई राहत प्रदान गर्ने उद्देश्यले वडाका २० भन्दा बढी स्थानमा दाउरा बालेर आगाे ताप्ने व्यवस्था गरिएकाे वडाध्यक्ष कानुले बताए ।

