Madhes Khabar
स्थानिय हेडलाइन

पथलैयाबाट तस्करीको डेढ करोडको सामानसहित दुई वटा ट्रक पक्राउ

वीरगन्ज,१८ असोज : बाराको पथलैयाबाट प्रहरीले राजश्व छलीको करिब डेढ करोड ५० लाख भन्दा बढी मुल्यको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट मालसामान लोड गरेर भैरहवा र काठमाडौं जाँदै गरेका दुवै ट्रक प्रहरीले पथलैयामा रोकेर चेकजाँच गर्दा दुवै ट्रकबाट भन्सार छलीका १ करोड ४२ लाख १ हजार ८५१ रुपैयाँ मुल्यको सामान बरामद भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले बताए ।

विरगन्जबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ र वीरगन्जबाटै काठमाडौं जाँदै गरेको ना ८ ख ४८४२ नम्बरको ट्रक पथलैयामा बुधबाराति रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा ना ६ ख ३८२८ नंबरको ट्रकबाट ४९ लाख ८२ हजार ४४३ रुपैयाँ र ना ८ ख ४८४२ नंबरको ट्रकबाट ९२ लाख १९ हजार ४०८ रुपैयाँको सामान बरामद भएको हो ।

दुवै ट्रकमा भन्सार प्रज्ञापनपत्र र बिलबबिजकको भन्द्या बढी सामान बरामद भएपछि सामानसहितको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

 

Related posts

वीरगन्ज-५ मा वर्षाैंदेखि कब्जा गरिएको क्लबकाे तीन तल्ले भवन अब स्थानीय समुदायको अधिनमा

MadhesKhabar

स्कार्पियोमा गाँजा तस्करी गर्ने नेपाल र भारतको गिरोह बाराबाट पक्राउ

MadhesKhabar

सरसफाइमा थप कडा बन्दै वीरगन्ज महानगर,सडकका पाेल र भित्तामा पर्चा पम्प्लेट टाँस्न रोक

MadhesKhabar

Leave a Comment