Madhes Khabar
स्थानिय हेडलाइन

सरसफाइमा थप कडा बन्दै वीरगन्ज महानगर,सडकका पाेल र भित्तामा पर्चा पम्प्लेट टाँस्न रोक

वीरगन्ज,१८भदाैं:सरसफाईलाई दिगो र प्रभावकारी बनाउन वीरगन्ज महानगरपालिका कडा एक्सनमा उत्रिएको छ ।

जरिबानामार्फत सहर सफाईलाई क्लिन बनाउँदै आएको महानगरले अब माइकिङ मार्फत टोलटोलमा पुगेर सचेत गराउन पनि सुरु गरेको छ ।

सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै टोलटोलमा पुगेर सचेत गराउन थालिएको सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले जानकारी दिए ।

नगरलाई सफा स्वच्छ राख्ने मेयर राजेशमान सि०हकाे सोच बमोजिम सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै माइकिङ मार्फत टोलटोलमा पुगेर नागरिक स्तरमै सचेतना जगाउने कार्य सुरु गरिएको उनले बताए ।

‘जरिबाना मात्रै नभई नागरिकलाई फोहोर गर्नुहुँदैन भन्ने धारणा वृद्धि गराउन सचेतना गराउने अभियान थालिएको हो,’ उनले भने ‘यो अभियान अन्तर्गत हरेक दिन हामी टोलटोलमा पुगेर नागरिकलाई सचेत गराउने छौँ ।’

यसका साथै महानगरले सडकका पोल र भित्तामा जथाभावी पर्चा पम्प्लेट टाँस्नपनि रोक लगाएको छ । शहरलाई अशोभनीय बनाएको भन्दै महानगरले नगर सचेतना अभियान थाल्दै पर्चा, पम्प्लेट र होडिङ्ग बोर्ड जथाभावी लगाउन रोक लगाएको हो ।

पछिल्लो समय विभिन्न विज्ञापनहरुको पर्चा पम्प्लेट विद्युत पोल, सडक तथा भवनका भित्ताहरुमा टाँस्ने गरिएको छ । कलेजहरुले पनि विज्ञापनका होडिङ बोर्ड तथा ब्यानरहरु राख्ने गरेका छन् ।

तर अब कुनैपनि व्यक्ति वा संघसंस्थाले अनुमति नलिई जथाभावी रुपमा पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन नपाउने महानगरले बताएको छ । कसैले टाँसेको पाए उसलाई कारबाही गर्नुका साथै त्यसमा लेखिएको संस्थालाई पनि कारबाही हुने शाखा प्रमुख मियाँले बताए ।

Related posts

पर्सालाई जेष्ठ ३ गते पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने तयारी

MadhesKhabar

सदस्यता विवाद टुंग्याएर मात्र पत्रकार महासंघको जिल्ला अधिवेशन गर्न प्रेस युनियन पर्साको माग

MadhesKhabar

वीरगन्जको ड्राइपाेर्टमा डेढ वर्षदेखि थन्कियाे १८ हजार बाेत्तल विदेशी मदिरा

MadhesKhabar

Leave a Comment