Madhes Khabar
स्थानिय हेडलाइन

स्कार्पियोमा गाँजा तस्करी गर्ने नेपाल र भारतको गिरोह बाराबाट पक्राउ

बारा, २२ साउन : स्कार्पियो गाडीमा लागु औषध गाँजा ओसार पसार गर्ने ७ जनालाई प्रहरीले ठूलो परिमाणमा गाँजासहित पक्राउ गरेको छ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमलेखगञ्जबाट प्रहरीले १५७ केजी गाँजासहित चार भारतीय र तीन नेपालीलाई पक्राउ गरेको हो ।

बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार , गोप्य सुचनाको आधारमा आइतबार साँझ ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले अमलेखगञ्मा पुगेर बा ११ च ४९९२ नम्बरको स्कार्पियोमा ६ वटा पोकामा रहेको १५७ केजी गाँजासहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १ घर भएका ३९ वर्षिय रोशन नेगीलाई पक्राउ गरेको थियो ।गाँजा लोड गरेको स्कोर्पियो सहित पक्राउ परेका चालक रोशन नेगीकै बयानको आधारमा अन्य ६ जनालाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

पक्राउ पर्नेहरुमा स्कार्पियोका चालक गिरीसंगै मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ का ३० वर्षिय मुकेश लामा, बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का ३३ वर्षिय बुद्ध पाख्रिन , भारतको बहराईच जिल्लाका २६ वर्षिय अलि अहमद, मोतिहारीका २३ वर्षिय जमालुदिन खान, १८ बर्षिय देव कुमार र ३५ वर्षिय जागिरदिन मियाँ रहेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

गाँजासहित पक्राउ परेकाहरुको साथबाट बा ११ च ४९९२ नम्बरको स्कार्पियोसंगै बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप गाडी र बिआर ०५ जेड ८९६१ भारतीय नम्बर प्लेटको पल्सर मोटरसाईकलपनि बरामद गरिएको बोगटीले जानकारी दिए ।

गाँजासहित पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइएको बोगटीले बताए ।

 

Related posts

भगवान यादवले अटेरी गरेपछि हरिखेतान क्याम्पसमा मेयर सिंहले चलाइदिए डाेजर

MadhesKhabar

बारामा बोक्सीको आरोप लगाएर महिला माथि निर्घात कुटपिट

MadhesKhabar

पाँच महिने छोराको हत्या गरी फरार महिला वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment