वीरगन्ज,३जेष्ठ:छोराकाे हत्या गरी फरार रहेकी एक जना अभियुक्त महिलालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१७ बस्ने २२ वर्षीया महिला आरती कुमारी रहेकी छिन् ।
उनलाई बिशेष सूचनाको आधारमा प्रहरीले जेठ १ गते पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान सम्बन्धी मद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
२०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला ५ महिनाको छोराको घाँटी थिचेर हत्या गरी उनि फरार भएकी थिइन् ।
प्रहरीका अनुसार उनी भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आएकी थिइन् ।

