Madhes Khabar
राष्ट्रिय

सरकार र दुर्गा प्रसाईं समूहबीच सहमति, नेपाल बन्द र आमहड्ताल फिर्ता

काठमाडौं,६मंसिर:सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधि र सरकारसंग बालुवाटारमा वार्ता भएको छ ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको छ।

छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाअभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

 

महाअभियानले २०८२ मङ्सिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको छ।

वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा नीराजन प्रसाईँ सहभागी थिए ।

सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो।

अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ।साभार:नेपालप्रेस

Related posts

भूकम्पपिडितका लागि भारतले दियाे १६ कराेड बराबरकाे राहत सामग्री

MadhesKhabar

रक्सौल–वीरगन्ज– काठमाडौ रेल मार्ग प्राथमिकतामा

MadhesKhabar

वीरगन्ज महानगरको मतगणना शुरु

MadhesKhabar

Leave a Comment