Madhes Khabar
मनोरञ्जन

आमिर खानको फिल्म ‘सितारे जमिन पर’ अब युट्युबमा

काठमाडौं,१४ साउनःबलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सीतारे जमिन पर’ सिनेमा हलमा रिलिज भएको छ । बक्स अफिसमा राम्रो व्यापार गरेको यो फिल्म अब दर्शकहरूले आफ्नै घरमा डिजिटल माध्यम (युट्युब)बाट पनि हेर्न पाउनेछन्। आमिर खानले आफ्नो युट्युब च्यानल ‘आमिर खान टकीज’ मार्फत यो चलचित्र अगस्ट १ तारिक अर्थात साउन १६ गते शुक्रबार सार्वजनिक हुने जानकारी दिएका छन्।

भारतीय मिडियाका अनुसार मंगलबार भारतको मुम्बईमा आयोजित विशेष भेटघाट कार्यक्रममा आमिरले यस्तो घोषणा गरेका हुन्। उनले जानकारी दिएअनुसार आमिर खान प्रोडक्सन अन्तर्गत निर्मित सबै फिल्महरू अब सोही युट्युब च्यानलमा हेर्न सकिनेछ।
यसमा दंगल, लगान, जाने तू या जाने ना, सितारे जमिन पर लगायतका चर्चित फिल्महरूमा पनि समावेश छन्। फिल्महरू मात्र होइन, आमिर खानले होस्ट गरेको चर्चित टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ का सबै एपिसोडहरू पनि यही च्यानलमा समावेश गरिनेछ।

आमिर खानले बताएअनुसार सितारे जमिन पर फिल्म ४८ घण्टासम्म मात्र डिजिटल रूपमा उपलब्ध हुनेछ, र दर्शकले यसलाई हेर्न भार १०० (१६० नेपाली रुपैयाँ) तिर्नुपर्नेछ। यो सुविधा पे–पर–वाच मोडेल अन्तर्गत ल्याइएको हो, जसले दर्शकलाई विज्ञापनरहित र सफा फिल्म अनुभव दिन मद्दत गर्नेछ। साभारःखबरहब

 

Related posts

‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो ओस्कार अवार्ड

MadhesKhabar

वीरगन्जमा वडाध्यक्ष परागले सार्वजनिक गरे हिन्दी गीत ‘मुरिद तेरा ’

MadhesKhabar

वेब सिरिज ‘मिस स्कार्लेट’ काे छायांकन वीरगन्जमा शुरु

MadhesKhabar

Leave a Comment