Madhes Khabar
मनोरञ्जन

नेपाली फिल्म `पूर्णबहादुरको सारंगी’ले १७ दिनमै कमायो ३४ करोड ३६ लाख

काठमाडौं,२मंसिर:नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको १७ दिनमै ३४ करोड ३६ लाख ग्रस कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शनिबारसम्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

जसअनुसार, उक्त फिल्मले शुक्रबार २ करोड ६ लाख ग्रस र शनिबार २ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले १५ दिन (तेस्रो विहिबारसम्म) २९ करोड ३५ लाख ग्रस कमाइ गरेको थियो ।

फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो ।

फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी फिल्म्सकै पछिल्लो सहकार्यको फिल्मले उछिनेको हो ।साभार:अनलाइन

Related posts

पर्सा १ मा अन्य दलका नेताहरु धमाधम जसपामा प्रवेश गर्दै

MadhesKhabar

मेयर बालेनले काठमाडौंमा भोलिदेखि भारतीय चलचित्र चल्न नदिने

MadhesKhabar

वीरगन्जमा वडाध्यक्ष परागले सार्वजनिक गरे हिन्दी गीत ‘मुरिद तेरा ’

MadhesKhabar

Leave a Comment