Madhes Khabar
मनोरञ्जन

नेपाली फिल्म `पूर्णबहादुरको सारंगी’ले १७ दिनमै कमायो ३४ करोड ३६ लाख

काठमाडौं,२मंसिर:नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको १७ दिनमै ३४ करोड ३६ लाख ग्रस कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शनिबारसम्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

जसअनुसार, उक्त फिल्मले शुक्रबार २ करोड ६ लाख ग्रस र शनिबार २ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले १५ दिन (तेस्रो विहिबारसम्म) २९ करोड ३५ लाख ग्रस कमाइ गरेको थियो ।

फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो ।

फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी फिल्म्सकै पछिल्लो सहकार्यको फिल्मले उछिनेको हो ।साभार:अनलाइन

Related posts

‘गदर २’ ले राख्यो छिटो ५०० करोड भारु कमाउने हिन्दी फिल्मको कीर्तिमान

MadhesKhabar

ठोरीका गायक दीपक लामाको सेलो गीत ’साहिँली’ सार्वजनिक

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment