Madhes Khabar
मनोरञ्जन हेडलाइन

ठोरीका गायक दीपक लामाको सेलो गीत ’साहिँली’ सार्वजनिक

वीरगन्ज,८कार्तिकःपर्साको ठोरीका नवोदित गायक दीपक लामाको नयाँ सेलो गीत ’साहिँली’ सार्वजनिक भएको छ ।
विशेषतः सेलो गीत संगीत प्रेमीलाई लक्षित गरी गायक लामाले सेलो गीत स्रोतामाझ ल्याएका हुन् ।

यो सेलो गीतमा छेवाङ डी स्याङ्बोले शब्द कोरेका छन् । जसमा स्याङ्बोले तामाङ संगीतको भावना र लय समेटेका छन् । स्याङ्बोको उत्कृष्ट शब्द संकलनलाई गायन मार्फत गायक लामाले न्याय गरेका छन् ।

गीत मार्फत प्रेमिकालाई आफ्नो भावना दर्साउन खोजिएको यो गीत सेलोका फ्यानहरूले रुचाउने विश्वास गायक लामाको छ ।’सानैदेखि गीत संगीतमा रुचि राख्थें । त्यसैको परिमाण यो गीत ल्याउन सफल भएको हुँ । मलाई सबैको प्रतिक्रयाको खाँचो छ । जसले मलाई अगाडि बढ्न सघाउँछ,’ उनी भन्छन् ।

अर्पण स्टुडियोमा रेकर्डिङ गरिएको सेलो गीतको मिक्सिङ अर्पण थिङले गरेका हुन् भने एरेन्ज जोगलाल लामाले गरेका हुन् ।
गीतको लिंक–

Related posts

वीरगन्ज आउदै गरेको बस अमलेखगन्जमा दुर्घटना हुदा १० भन्दा बढिको मृत्यु

MadhesKhabar

वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

मुख्यमन्त्री राउत सहित मधेस सरकारका मन्त्रीहरुको युरोप भ्रमण रद्द

MadhesKhabar

Leave a Comment