Madhes Khabar
मनोरञ्जन हेडलाइन

ठोरीका गायक दीपक लामाको सेलो गीत ’साहिँली’ सार्वजनिक

वीरगन्ज,८कार्तिकःपर्साको ठोरीका नवोदित गायक दीपक लामाको नयाँ सेलो गीत ’साहिँली’ सार्वजनिक भएको छ ।
विशेषतः सेलो गीत संगीत प्रेमीलाई लक्षित गरी गायक लामाले सेलो गीत स्रोतामाझ ल्याएका हुन् ।

यो सेलो गीतमा छेवाङ डी स्याङ्बोले शब्द कोरेका छन् । जसमा स्याङ्बोले तामाङ संगीतको भावना र लय समेटेका छन् । स्याङ्बोको उत्कृष्ट शब्द संकलनलाई गायन मार्फत गायक लामाले न्याय गरेका छन् ।

गीत मार्फत प्रेमिकालाई आफ्नो भावना दर्साउन खोजिएको यो गीत सेलोका फ्यानहरूले रुचाउने विश्वास गायक लामाको छ ।’सानैदेखि गीत संगीतमा रुचि राख्थें । त्यसैको परिमाण यो गीत ल्याउन सफल भएको हुँ । मलाई सबैको प्रतिक्रयाको खाँचो छ । जसले मलाई अगाडि बढ्न सघाउँछ,’ उनी भन्छन् ।

अर्पण स्टुडियोमा रेकर्डिङ गरिएको सेलो गीतको मिक्सिङ अर्पण थिङले गरेका हुन् भने एरेन्ज जोगलाल लामाले गरेका हुन् ।
गीतको लिंक–

Related posts

जन्मदिनमा राकेशले फहराए ठाेरीकाे शिकारीबास पुलमा राष्ट्रिय झण्डा

MadhesKhabar

विषयगत शिक्षक नहुदाँँ पर्साका सरकारी विद्यालयहरुको एसईईको नतिजा खस्कियो

MadhesKhabar

पर्साको ग्रामीण भेगमा पनि बच्चा चोरको हल्लाले बालबालिका र अभिभाव त्रसीत

MadhesKhabar

Leave a Comment