Madhes Khabar
राजनीति हेडलाइन

जसपा नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा पूर्वमुख्यमन्त्री यादव चयन

फाइल तस्बिर ।

जनकपुरधाम, ७ जेठः जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को मधेस प्रदेशको संसदीय दलको नेतामा पूर्वमुख्यमन्त्री सरोज यादव चयन भएका छन् ।

पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समहाति भएपछि जसपा नेपालको संसदीय दलको नेता चयनका लागि बिहीबार बसेको बैठकले यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । यादव, बारा जिल्ला निवासी हुन् ।

मधेस प्रदेश सभा संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय गरेको पूर्व अर्थमन्त्री एवं प्रदेश सभा सदस्य सन्जय कुमार यादवले जानकारी दिए।

जसपा नेपालका १८ र लोसपाका ८ गरी मधेस प्रदेश सभामा हाल संयुक्त रूपमा २६ जना प्रदेश सभा सदस्य रहेका छन्।

Related posts

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासकाे मत

MadhesKhabar

`समुदायमा कांग्रेस´ अभियान :बिन्दवासिनीमा अन्तरकृया कार्यक्रम सम्पन्न

MadhesKhabar

उपेन्द्र यादवलाई झट्का : जसपा नेपालका केन्द्रीय सदस्यले छाडे पार्टी

MadhesKhabar

Leave a Comment