Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जकाे गहवामाई रथ यात्रामा उर्लियाे हिन्दु जनसागर

वीरगन्ज ,५असार : वीरगन्जमा मंगलबार पहिलाेपटक गहवामाई रथ यात्रा निकालिएकाे छ । गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्ष पूरा भएकाे उत्सवमा मंगलबार पहिलाेपटक गहवामाई रथ यात्रा निकालिएको हाे ।

मंगलबार बिहान ७.३० बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भएकाे रथयात्रा नगरपरिक्रमा गरि बिहान ११ बजे पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन भएकाे हाे ।रथयात्रामा हिन्दु भक्तजन र दर्शनार्थीहरुकाे जनसागर नै  उर्लिएकाे थियाे।

मन्दर परिसरबाट सुरु भएकाे रथयात्रा माइस्थान चाेक, घणटघर , रेल्वे राेड हुँदै  छपकैया पुगेर रथयात्रा त्यहाँबाट , श्रीराम सिनेमा हल, वीर्ता, अलखियामठ , आदर्शनगर चाेक, महावीरस्थान , माईस्थान चाेक हुँदै पुन मन्दिर प्रांगणमा पुगेर समापन भएकाे हाे ।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएकाे थियाे भने हजाराैं भक्तजनहरु जयमाता दी लेखिएकाे भगवा झण्डासिहत सहभागी भएका थिए ।

रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न संघसंस्थाले नगरका ठाउँ ठाँउमा चिसाे पानी, सर्वत, लस्सी र जुस निशुल्क वितरण गरेका थिए।

 

 मंगलबार नै साँझ गहवामाई मन्दिर परिसरमा भजनकृतनपनि आयाेजना गिरने गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम पाेखरेलले बताए ।

बुधबार बिहान गहवामाईलाई ५६ प्रकारकाे भाेग चढाइने र भक्तजन तथा दर्शनार्थीहरुका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण गरिने समितिका सदस्य मुन्ना सर्राफले जानकारी दिए ।

अध्यक्ष पाेखरेलका अनुसार, रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयाेग गरिएकाे छ ।रथ निर्माणकाे लागत मात्रै करिब २० लाख रुपैयाँ रहेकाे उनले बताए । भारत र नेपालका गरि १० भन्दाबढी कारिगरहरुले रथ निर्माण गरेका हुन् ।

Related posts

क्यान्सर बिरामीका सेवक आकाश अर्यालका लागि ठोरीवासीको इ–रिक्सा सहयोग अभियान

MadhesKhabar

समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्न प्रधानमन्त्रीसंग मेयर सिंहको माग

MadhesKhabar

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागीरबाट हटाइयो

MadhesKhabar

Leave a Comment