Madhes Khabar
स्थानिय हेडलाइन

क्यान्सर बिरामीका सेवक आकाश अर्यालका लागि ठोरीवासीको इ–रिक्सा सहयोग अभियान

वीरगन्ज,१४कात्तिक :क्यान्सरपीडित बिरामीका लागि महिनौँदेखि निःशुल्क अटो सेवा दिँदै आएका आकाश अर्यालको पुरानो टेम्पो बिग्रिएपछि अहिले अस्थायी रुपमा सेवा रोकिएको छ। आर्थिक बोझका बीच पनि “सेवा नै धर्म” मान्ने आकाश अब ग्यारेजमै थन्किएको टेम्पो हेरेर असहाय महसुस गरिरहका छन् ।

उनको यो समर्पण देखेर ठोरीका युवाहरू एकै ठाउँ जुटेका छन् । “मानवीय सेवाका लागि इ–रिक्सा उपहार” अभियान सुरु गरिएको ठोरीका युवा धिर सिंहले जानकारी दिनुभयो । करिब सात लाख रुपैयाँ बराबरको इ–रिक्सा सहयोग गर्ने निर्णय गर्दै युवाहरूले सबै ठोरीवासीलाई सहयोग गर्न आह्वान गरेका छन् ।“यो अभियान केवल रिक्साको नभइ मानवीययाको रहेको अर्का अभियन्ता सन्तोष श्रेष्ठ बताउनुहुन्छ ।उहाँले भन्नुभयो “आकाश जस्ता मानवीय पात्रलाई हौसला दिनु हाम्रो साझा जिम्मेवारी हो ।”

सहयोग गर्न इच्छुक महानुभावहरूले QR कोडमार्फत सहयोग गर्न सक्नुहुन्छ।

थप जानकारीका लागि सम्पर्क:
📞 सन्तोष श्रेष्ठ – ९८५५०२८१४५
📞 धीर सिंह – ९८५५०१५१६१
📞 आकाश अर्याल – ९८४११८८७३१

एक इ–रिक्सा, सयौं जीवनका मुस्कान —
आउनुहोस्, हामी सबै मिलेर यो सेवा फेरि बाटोमा उतारौं।

Related posts

बारामा एसईईकाे प्रश्नपत्र बाहिरियाे

MadhesKhabar

मुर्लीका युवतीहरुलाई आत्मनिर्भर बनाउन उपकार सेवाले दियो सिलाई कटाईको तालिम

MadhesKhabar

पर्साका सबै सरकारी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्न सीडीओ कार्यालयको निर्देशन

MadhesKhabar

Leave a Comment