वीरगन्ज,९चैतःवीरगन्जका एक हिन्दु युवाले अहिले चलिरहेको ईस्लाम धर्मावलम्बीको पवित्र पर्ब रमजानमा रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुलाई सामुहिक इफ्तारी गराएका छन् ।
वीरगन्ज–१० आदर्शनगरमा रहेको बालाजी टी–स्टलका सञ्चालक प्रेमकुमार गुप्ताले शनिबार साँझ रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुलाई सामुहिक इफ्तारी गराएका हुन् ।
आपसी सद्भाव,भाइचारा र धार्मीक सहिष्णुता कायम राख्नका लागि मुस्लिमहरुको मुख्य पर्ब रमजानको उपलक्ष्यमा शनिबार साँझ इफ्तारी गराएको गुप्ताले बताए।
गुप्ताले आयोजना गरेको इफतारीमा मुस्लिम तथा हिन्दू समूदायका उल्लेख्य व्यक्तिको सहभागिता रहेको थियो । फरक धर्म संस्कृतिको सम्मान गर्दै धार्मीक सहिष्णुता कायम राख्न आफूले सानो प्रयास गरेको गुप्ताले बताए ।