Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जका एक हिन्दु युवाले रोजामा बसेका मुस्लिम धर्मावलम्बीहरुलाई गराए सामुहिक इफ्तारी

वीरगन्ज,९चैतःवीरगन्जका एक हिन्दु युवाले अहिले चलिरहेको ईस्लाम धर्मावलम्बीको पवित्र पर्ब रमजानमा रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुलाई सामुहिक इफ्तारी गराएका छन् ।

वीरगन्ज–१० आदर्शनगरमा रहेको बालाजी टी–स्टलका सञ्चालक प्रेमकुमार गुप्ताले शनिबार साँझ रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुलाई सामुहिक इफ्तारी गराएका हुन् ।

आपसी सद्भाव,भाइचारा र धार्मीक सहिष्णुता कायम राख्नका लागि मुस्लिमहरुको मुख्य पर्ब रमजानको उपलक्ष्यमा शनिबार साँझ इफ्तारी गराएको गुप्ताले बताए।

गुप्ताले आयोजना गरेको इफतारीमा मुस्लिम तथा हिन्दू समूदायका उल्लेख्य व्यक्तिको सहभागिता रहेको थियो । फरक धर्म संस्कृतिको सम्मान गर्दै धार्मीक सहिष्णुता कायम राख्न आफूले सानो प्रयास गरेको गुप्ताले बताए ।

Related posts

पर्साकाे सखुवा प्रसाैनीमा दुई सातादेखि बाघकाे आतंक

MadhesKhabar

वीरगन्जका प्रकाश शर्मा काठमाडौं गोर्खाजको सहायक प्रशिक्षकमा नियुक्त

MadhesKhabar

आमा–बुबा दुवैको मृत्यु भएपछि तीन बालबालिकाको बिचल्ली, सहयोगका लागि अपिल

MadhesKhabar

Leave a Comment