Madhes Khabar
स्थानिय

पर्सामा समाजवादी प्रेस संगठनकाे विवाद छताछुल्ल, दुई छुट्टाछुट्टै जिल्ला समिति गठन

वीरगन्ज,१२माघ:पर्सामा नेकपा एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठन भित्रकाे विवाद छताछुल्ल भएकाे छ।

वीरगन्जमा एकैदिन दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न जिल्ला अधिवेशनले दुई वटा जिल्ला कार्यसमिति गठन गरेकाे छ।

शुक्रबार वीरगन्जको हाेटल बृन्दावनमा संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुबेदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न विशेष जिल्ला अधिवेशनले शम्भु कुमार सुमनकाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे छ।जसको उपाध्यक्षमा हरिशंकर शर्मा ,महिला उपाध्यक्षमा रमा थामी ,सचिवमा विनोद पटेल ,सह–सचीवमा श्याम सर्राफ र कोषाध्यक्षमा संतोष साह रहेका छन् ।

शुक्रबार नै वीरगन्जको अर्काे स्थानमा सम्पन्न जिल्ला अधिवेशनले भने आश महम्मद मियाँकाे अध्यक्षतामा २१ सदस्यीय अर्को जिल्ला कार्यसमिति गठन गरेको छ।

संगठनका केन्द्रीय सल्लाहकार तथा पार्टीका प्रचार विभाग सदस्य राघव साहकाे प्रमुख आतिथ्यतामा सम्पन्न विशेष जिल्ला अधिवेशनले मियाँकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेकाे हाे ।जसकाे उपाध्यक्षमा दिपक कुशवाहा, सचिवमा राम अनुप यादव, सहसचिवद्वय श्रीराम रौनियार र जय कुमार यादव, कोषाध्यक्षमा रामेश्वार चौरसिया रहेका छन्।

Related posts

बारामा एक वर्षमा ४ जनाको हत्या

MadhesKhabar

`स्व.नरेश सर्राफ पत्रकारिता पुरस्कार´ मधेस खबरकी सम्पादक माधुरी महताेलाई प्रदान गरिने

MadhesKhabar

बाराको मालपोत कार्यालयमा प्रशासनको छड्के अनुगमन,मालपोत अधिकृतसहित १७ कर्मचारी गयल

MadhesKhabar

Leave a Comment