Madhes Khabar
स्थानिय

बाराको मालपोत कार्यालयमा प्रशासनको छड्के अनुगमन,मालपोत अधिकृतसहित १७ कर्मचारी गयल

बारा,२५माघःबाराको कलैयामा रहेको भूमि सुधार तथा मालपोत कार्यालयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयको टोलीले छड्के अनुगमन गर्दा मालपोत अधिकृतसहित १७ जना कर्मचारीहरु अनुपस्थित रहेको भेटिएको छ।

शुक्रबार बिहान कार्यालय समय सुरु हुने बित्तिक्कै मालपोत कार्यालयमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादव नेतृत्वको टोली छड्के अनुगमनमा पुग्दा मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरु अनुपस्थित रहेको भेटिएको हो।

शुक्रबारको छड्के अनुगनमाका क्रममा चौधरीका साथै कार्यालयका नायब सुब्बा राजकिशोर चौधरी र रामजी साह,कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादव,खरिदार सुदिप साह,प्रबेज हवारी,दिपेन्द्र चौधरी,प्रविण चौधरी,सहायक कम्प्युटर अपरेटर गणेश कुमार साह र सुर्या दहैत,कार्यालय सहयोगी मुनिलाल हजारा,अशेसर यादव र राजकिशोर यादव,चौकिदार श्यामबाबु यादव,तामेलदार दिनेश कुमार यादव र सफाईकर्मी आत्मा देवी डोम अनुपस्थित रहेको भेटिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

कलैयाको भूमि सुधार तथा मालपोत कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ती तथा समयमा कर्मचारीहरु कार्यालयमा नभेटिने लगायतका जनगुनासो आएपछि शुक्रबार छड्के अगुमन गरिएको उनले बताए । अनुगमनका क्रममा अनुपस्थित भेटिएका कर्मचारीहरुको हाजिरी काटिएको र आइन्दा यस्तो प्रवृति नदोहोर्याउन सचेतसमेत गराइको उनले बताए ।

Related posts

वीरगन्ज महानगरमा विभिन्न पदका लागि ४८ जना कर्मचारी माग

MadhesKhabar

पर्साको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

MadhesKhabar

पर्साका ३ वटा पालिकाले कानुनको धज्जी उडाए :बजेट,नीति तथा कार्यक्रम निर्धारित समयमा ल्याएनन्

MadhesKhabar

Leave a Comment