Madhes Khabar
स्थानिय

वीरगन्जमा नयाँ उद्यम गर्ने युवाहरुलाई सहयाेग गर्न महानगर तयार छ : मेयर सिंह

वीरगन्ज, २४ साउन: वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जमा नयाँ व्यवसाय तथा उद्यम गर्ने युवाहरूलाई सहयोग गर्न महानगर सधैँ तयार रहेको बताएका छन् ।

बुधबारदेखि वीरगन्जमा सञ्चालनमा ल्याइएको क्याफे, लाउन्ज तथा बार रूबिक रेस्टुराँकाे उद्घाटन गर्दै मेयर सिंहले भने, ‘युवा उद्यमीहरूलाई चाहिएको प्रत्येक सहयोग महानगरबाट उपलब्ध गराउन म तयार छु । प्रस्ताव ल्याउनुस्, हामी सहकार्य गर्छौँ ।’

वीरगन्जमा प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबारर लगाइने रात्रि बजारले पनि रेस्टुराँ सञ्चालकहरूलाई सहयोग पुगिरहेको दाबी गर्दै उनले भविष्यमा रात्रि बजारलाई दैनिक बनाउने आफ्नो योजना रहेको पनि सुनाए ।

मेयर सिंहले वर्तमान समयमा युवाहरू वैदेशिक रोजगार तर्फ आकर्षित भइरहेको बेला स्थानीय युवाहरूले जोखिम मोलेर नेपालमै केही गर्नुपर्ने भन्ने सोचका साथ रेस्टुराँ सञ्चालन ल्याएकोमा खुसी व्यक्त गरे ।

स्थानीय युवा व्यवसायीहरूको झन्डै अढाई करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको रेस्टुराँको मेयर सिंह लगायतका अतिथिहरूले रिबन काटेर उद्घाटन गरेका हुन् ।

Related posts

१ करोडको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

MadhesKhabar

शौचालयको फोहोर सोझै नालामा खसाउने होटललाई वीरगन्ज महानगरले तिरायो २५ हजार जरिबाना

MadhesKhabar

जगरनाथपुरकाे धरमपुरमा पूर्वमन्त्री रिजालले गरे वडा कार्यालय भवनकाे शिलान्यास

MadhesKhabar

Leave a Comment