Madhes Khabar
अर्थतन्‍त्र स्थानिय हेडलाइन

ठेकेदारले ७ करोडमा हत्याएको ठेक्का खारेज गरेर वीरगन्ज महानगरले लगायो साढे १२ करोडमा

वीरगन्ज,१७साउनःठेकेदारहरुले मिलोमतो गरेर ७ करोडमा हात पारेको सवारी व्यवस्थापन कर र कबाडी कर संकलनको ठेक्का खारेज गरेर वीरगन्ज महानगरपालिकाले साढे १२ करोडमा लगाएको छ।वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ का लागि सवारी कर र कबाडी कर संकलनको ठेक्का १२ करोड ४९ लाख रुपैयाँमा लगाएको हो ।

महानगरपालिकाको राजस्व संकलन महाशाखाका प्रमुख मनोजकुमार कर्णका अनुसार, चालू आर्थिक वर्षका लागि सवारी व्यवस्थापन करको ठेक्का सात करोड ६१ लाखमा र कबाडी कर संकलनको ठेक्का चार करोड ८८ लाख रुपैयाँमा लगाइएको छ ।

चालू आर्थिक वर्षका लागि यसअघि स्वीकृत बोलपत्र (टेण्डर) प्रकृया खारेज गरेर पुन आह्वान गरिएको बोलपत्र प्रकृयामार्फत सवारी व्यवस्थापन करको ठेक्का प्रभु कन्सट्रक्सनलाई सात करोड ६१ लाख रुपैयाँमा (भ्याटबाहेक) र कबाडी कर संलनको ठेक्का अमित ठेक्कापट्टालाई चार करोड ८८ लाख रुपैयाँमा (भ्याटबाहेक) परेको कर्णले जानकारी दिए ।

यसअघि चालू आर्थिक वर्षकै लागि असार अन्तिम साता आह्वान गरिएको बोलपत्रमा ठेकेदारहरुसंग मिलोमतो गरेर सवारी करको ठेक्का अंकीत सुमित कन्ट्रक्सनले तीन करोड ५० लाखमै हात पारेको थियो ।त्यस्तै कबाडी करको ठेक्का सुमित कन्ट्रक्सनले तीन करोड ५० लाखमै सकारेको थियो ।

तर उक्त टेण्डर ठेकेदारहरुले मिलोमतो गरेर कम रकममै सकारेको आशंका भएपछि मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाले टेण्डर प्रकृया नै खारेज गरिदिएको थियो ।

जबकि गत आर्थिक वर्ष २०८१/८२ मा महानगरको सवारी व्यवस्थापन कर संंकलनको ठेक्का ६ करोड ७१ लाख रुपैयाँमा र कबाडी कर संकलनको ठेक्का ४ करोड ३० लाख रुपैयाँमा लागेको थियो ।

पहिलो पटक आह्वान गरिएको ठेक्का प्रकृया खारेज गरिएपछि महानगरले साउनको १ महिनामा ती दुवै कर संलनका लागि पहिलेकै ठेकेदारलाई अमानतमा कर उठाउने जिम्मा दिएको थियो । अब पुन टेण्डर आह्वान गरेर लगाइएको ठेक्का भदौं १ गतेदेखि लागू हुने कर्णले जानकारी दिए ।

Related posts

चाडपर्वकाे बेलापनि वीरगन्जका दुवै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न किन भए असफल ?…

MadhesKhabar

वीरगन्जबाट ४ करोडको मदीरा र कम्प्युटर पार्टससहितको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

बारा:सुवर्ण गाँउपालिकाको कार्यालयमै सरकारी बजेटबाट मदिरा भोज,बिहारबाट झिकाइएका थिए टिकटक स्टारहरु

MadhesKhabar

Leave a Comment