Madhes Khabar
समाज स्वास्थ्य हेडलाइन

मेयर सिंहले उद्घाटन गरेको निःशुल्क शिविरबाट २०५ जना लाभान्वित

वीरगन्ज,२०मंसिरः वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा बुधबार आयोजित निःशुल्क आँखा तथा दाँत शिविरबाट २ सय ५ जनाले लाभ लिएका छन् ।

वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा साहिब दरबार वीरगन्जले आयोजना गरेको शिविरबाट महिला र पुरुष गरि २ सय ५ जनाले लाभ लिएका हुन् ।उक्त शिविरमा आँखा परिक्षण गराएकामध्ये ५८ जनामा मोतियाबिन्दुको समस्या भेटिएको र उनिहरुको बिहिबार निःशुल्क शल्यकृया गरिने साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनीले बताए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेको शिविरमा निःशुल्क औषधी वितरणपनि गरिएको सहनीले जानकारी दिए ।शिविरमा वडा नम्बर ११ का वडाध्यक्ष अजय कुमार चौरसिया, संस्थाका उपाध्यक्ष प्रेमबाबु पटेल, कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, सदस्य रमितामाया गुप्ता,वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेशसिंह धामी लगायतकोपनि उपस्थिती थियो ।

Related posts

वीरगन्जबासी आपसमा मिलेर बसेका छौं भन्ने सन्देश दिन ‘सदभाव रयाली’ निकालिएको हो : मेयर सिंह

MadhesKhabar

सरकारी अस्पतालहरुमा स्वास्थ्यमन्त्री यादवको निरन्तर अनुगमन

MadhesKhabar

विधालयबाट बन्चित पोखरीयाका किशोरीहरुलाइ पोषण र सरसफाइ तालिम

MadhesKhabar

Leave a Comment