Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जमा “युवा महिला उद्यमी सम्मेलन” आयोजना हुँदै

वीरगन्ज,२५ चैतःमहिला उद्यमीहरुलाई प्रोत्साहित गर्ने उदेश्यले वीरगन्जमा यहि चैत २७ गते शुक्रबार युवा महिला उद्यमी सम्मेलन आयोजना हुदैंछ ।

नेपाली युवा उद्यमी मञ्च वीरगन्ज च्याप्टरले होटल भिस्वामा उक्त सम्मेलन आयोजना गर्न लागेको हो । महिला उद्यमशीलता प्रवद्र्धन, नेतृत्व विकास तथा नेटवर्किङ विस्तार गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको नेपाली युवा उद्यमी मञ्च वीरगन्ज च्याप्टरका अध्यक्ष विश्वास साहले जानकारी दिए ।

पूर्व मिस नेपाल तथा महिला उद्यमी जेनिशा मोक्तान प्रमुख वक्ता रहने उक्त एक दिने सम्मेलनमा प्रियंका रौनीइार, सोनाली कर्ण लगायतकाले आआफ्नो क्षेत्रका बारेमा अनुभवसहितका प्रस्तूती दिनेछन् ।

महिलाहरूलाई प्रेरणा, अनुभव आदान–प्रदान तथा व्यवसायिक सञ्जाल विस्तार गर्ने अवसर प्रदान गर्ने उदेश्यले पनि आयोजना गर्न लागिएको उक्त सम्मेलनमा सहभागिताका हालसम्म करिब २०० जना महिलाहरूले दर्ता गराइसकेको अध्यक्ष साहले जानकारी दिए ।

सम्मेलनमा वुमेन मेड इन नेपालका उत्पादनका प्रदर्शनीहरु पनि राखिने र जसले महिला उद्यमीहरूद्वारा निर्मित वस्तुहरूलाई प्रोत्साहन पाउने साहले बताए । महिला सशक्तिकरण र उद्यमशीलता विकासमा टेवा पु¥याउने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको उनले बताए।

Related posts

सुनको भाउ एकै दिन तोलामा २३ सय रुपैयाँले बढ्यो

MadhesKhabar

स्वदेशी उत्पादनको प्रबर्द्धनका लागि नयाँ बजेटमा व्यवस्था गर्छौ : उद्योगमन्त्री रिजाल

MadhesKhabar

एक महिनामै साढे ३९ करोड रुपैयाँको सारी विदेशबाट नेपालमा आयात

MadhesKhabar

Leave a Comment