Madhes Khabar
अन्तर्राष्ट्रिय अर्थतन्‍त्र

उसिना चामलकाे निर्यातमा भारतले लगायो २० प्रतिशत कर

सांकेतिक फोटो

काठमाडौं,१०भदाैं : भारतले उसिना चामलकाे निर्यातमा पनि २० प्रतिशत कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लागएको हो । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार यस्तो निर्णय गरेको हो ।

बास्मती, लङग्रेन र जिरामसिनो सबै प्रकारका उसिना चामल पाइन्छ । भारतको यस्तो निर्णयले नेपाली बजारमा पनि असर गर्न सक्ने अनुमान गरिएको छ । यस अघि भारतले गत महिना बास्मती बाहेकका अन्य चामल निर्यातमा रोक लगाएको थियो ।

स्थानीय बजारमा चामलको मूल्य उकालो लागेपछि भारतले यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ । भारत यस्तो प्रकारको चामल निर्यातमा पनि अग्रणी मुलुक मानिन्छ ।

व्यवसायी सञ्जय फुँयालकाअनुसार नेपालमा अहिले जिरामसिनो उसिना चामको मूल्य प्रतिसकिलो ७८ र लङग्रेनमा १४७ रुपैयाँसम्ममा कारोबार भइरहेको छ । भारतको यस्तो निर्णयको असर अब नेपाली बजारमा पनि देखिने अनुमान गरिएको छ ।साभार: अनलाइनखबर

Related posts

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

MadhesKhabar

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा पनि घटाइने

MadhesKhabar

भारतको हरियाणामा भएको जातिय हिंसामा ६ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment