Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको सर्वोच्च अदालतले जोगाइदियो राहुल गान्धीको सांसद पद

काठमाडौं,१९साउन : भारतीय कांग्रेसका पार्टीका नेता राहुल गान्धीको सांसद पद सर्र्वोच्च अदालतले फुकुवा गरेको छ ।शुक्रबार भारतको सर्वोच्च अदालतले मोदी सरनेम मुद्दामा राहुल गान्धीलाई सजायमा रोक लगाएपछि उनको सांसद पद जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको हो ।

न्यायाधीशहरूको संयुक्त बेन्चले भनेको छ, ‘यसमा कुनै शंका छैन की राहुल गान्धीको लवज राम्रो थिएन र सार्वजनिक जीवनमा कुनै पनि व्यक्तिलाई सार्वजनिक रूपमा केही बोल्नु अगाडि सचेत हुनुपर्छ भन्ने हेक्का हुनुपर्छ।’

समाचार एजेन्सी पीटीईका अनुसार बेन्चले भनेको छ, ‘ट्रायल कोर्टले अधिकतम सजाय दिने कुनै कारण बताएको छैन। यो मुद्दामा अन्तिम फैसाला सुनाउनुअघि सजायको फैसलामाथि रोक लगाउनु जरूरी छ।’

सन् २०१९मा ‘मोदी सरनेम’को बयानलाई लिएर सूरतको तल्लो तहको अदालतले राहुल गान्धीलाई २ वर्षको सजाय सुनाएको थियो। उक्त फैसलाको २४ घण्टापछि लोकसभाले उनको सदस्यता खारेज गरिदिएको थियो । साभार : अनलाइनखबर

Related posts

भारतमा बलात्कारका आरोपितहरुलाइ जिउदै जलाइयो

MadhesKhabar

बिहारमा रेल दुर्घटना ,६ जनाकाे मृत्युु

MadhesKhabar

भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आज चुनाव हुँदै

MadhesKhabar

Leave a Comment