Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय कमेडियन राजु श्रीवास्तवकाे निधन

वीरगन्ज ,०५ असाेज : भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । ‘उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । त्यही क्रममा लड्नुभयो । उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल ल्यायौं,’श्रीवास्तवका एक आफन्तले भारतीय समाचार संस्था पीटीआईसँग भनेका छन् ।
स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी ‘बिग बोस’को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।

उनले ‘मैने प्यार किया’, ‘बाजिगर’, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ र ‘बम्बई टू गोवा’को रिमेकमा समेत अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म डेभलेभमेन्ट काउन्सिलका अध्यक्षसमेत भएका थिए ।

Related posts

अत्याधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

MadhesKhabar

बन्द रहेको विद्यालयमा महिलाले लगाउने १५० वटा ब्रा फेला परेपछि प्रहरी नै चकित

MadhesKhabar

विद्यालयको जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment