वीरगन्ज,२२जेष्ठ:भारतकाे उत्तर प्रदेशको अमेठी लोकसभा सिटमा केन्द्रीय मन्त्री एंव भाजपाकी उम्मेदवार स्मृति इरानी कांग्रेस आइका पूर्वअध्यक्ष राहुल गान्धीका पिए किशाेरीलाल (केएल) शर्मासंग पराजित भएकी छन्।
कांग्रेस उम्मेदवार शर्माले भाजपाकी चर्चित नेतृ स्मृतिलाई १ लाख ६७ हजार १९६ मतान्तरले हराएका हुन् ।शर्मा ५ लाख ३९ हजार २२८ मतका साथ विजयी भएका हुन्।
स्मृतिले सन् २०१९ को लोकसभा चुनावमा अमेठीमै कांग्रेस नेता राहुल गान्धीलाई पराजित गरेकी थिइन् ।सन् २०१४ मा भने उनि राहुल गान्धीसंगै पराजित भएकी थिइन्।

